१६ चैत २०८२
काठमाडौं- सपथ खाएकै दिनदेखि आक्रामक बनेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले चुस्त सल्लाहकार र सचिवालय टिम बनाएका छन्। काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुअघिदेखि आफूसँग जोडिएका विश्वासपात्रलाई नै उनले सचिवालयमा समावेश गरेका हुन् ।
उनको सचिवालयमा अनुभवी प्रशासक छन् । चुनावको सुरुआती दिनदेखि साथ दिने व्यक्तिहरू पनि समेटिएको छ । चैत १३ गते शपथ लिएका प्रधानमन्त्री बालेनले आफ्नो प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन् । बेन बालेन काठमाडौंको मेयरमा निर्वाचित हुनुअघिदेखि नै उनलाई साथ दिँदै आएका व्यक्ति हुन् । स्रोतका अनुसार, मेयरको चुनावी अभियानदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनसम्म बेनले बालेनका निम्ति मुख्य भूमिका निर्वाह गरेका थिए । बालेनले आमचुनावअघि राजनीतिक भेटघाट पनि ललितपुरको ज्वागलस्थित उनकै घरमा गरे । बालेन मेयर हुँदा पनि बेन उनका सल्लाहकार थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश र सहमतिसम्ममा बालेनका तर्फबाट उनले नै प्रमुख भूमिका निर्वाह गरे । उनी ललितपुरमा नेपाली कांग्रेस र स्वतन्त्र रूपमा १० पटक वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकारका छोरा हुन् ।
बालेनले आफ्नो राजनीतिक सल्लाहकारमा असिम शाहलाई नियुक्त गरेका छन् । असिमले रास्वपा र बालेनबीच एकताका निम्ति भूमिका निर्वाह गरेका थिए । गएको पुस १३ गते बिहान रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच सातबुँदे सहमति भएको थियो । असिम यसअघि रास्वपाबाट समानुपातिक सांसद बनेका थिए ।
प्रधानमन्त्री बालेनले आफ्नो मुख्य स्वकीय सचिवमा सुवास शर्मालाई नियुक्त गरेका छन् । यस्तै, प्रधानमन्त्रीको प्रशासन प्रमुखमा सुदीप ढकाललाई नियुक्त गरिएको छ । उनी रास्वपाको समानुपातिक सूचीमा खस आर्यतर्फ दुई नम्बरमा थिए । यो क्लस्टरबाट रमेश प्रसाईं मात्र सांसद बने । यसअघि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्वआईटी अफिसर पनि हुन् ।
बालेनले सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्रलाई नियुक्त गरेका छन् । बालेन महानगरमा हुँदा मिश्रले आईटी विज्ञका रूपमा काम गरेका थिए । प्रधानमन्त्रीको निजी सचिवालय प्रमुखमा सहसचिव प्रदीप परियारलाई नियुक्त गरिएको छ ।
परियार ०८० माघ ५ गते काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए । उनले बालेनसँग केही समय काम गरेका थिए । ०८१ भदौ २७ गतेको मन्त्रिपरिषद्को बैठकबाट उनलाई सरुवा गरिएको थियो ।
पर्वतको फलेवास स्थायी घर भएका परियार निजामती सेवामा प्रवेश गरेको नौ वर्षमै खुला प्रतिस्पर्धाबाट सहसचिव बनेका युवा प्रशासक हुन् । उनले सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र सूचना विभागमा काम गरिसकेका छन् ।
प्रधानमन्त्री बालेननिकट स्रोतका अनुसार, भूपदेव शाह, नवीन भण्डारी, अर्जुन घिमिरे (पाँडे), सुरेन्द्र बजगाईं, विनय शाक्यलगायत व्यक्तिहरूलाई टिममा समावेश गर्नेबारे निर्णय हुन बाँकी छ । बालेन मेयर हुँदा प्रमुख स्वकीयसचिव भूपदेव शाह, सहायक स्वकीयसचिव नवीन भण्डारी, प्रेस सहजकर्ता बजगाईं र फोटोग्राफर शाक्य थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया