२६ फागुन २०८२
काठमाडौ- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फका सबै १६५ सिटको परिणाम घोषणा भइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि लगभग सकिन लागेको निर्वाचन आयोगले जनाएको छ।
प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले १२५ सिट जितेको छ। समानुपातिकतर्फ भइरहेको मतगणनामा हालसम्म रास्वपाले करिब ४८ प्रतिशत मत प्राप्त गरेको छ। यस आधारमा समानुपातिक प्रणालीबाट थप ५८ सिट रास्वपाले जित्ने अनुमान गरिएको छ।
निर्वाचनको यस्तो परिणाम सार्वजनिक भएपछि धेरैको चासो अब बालेन शाह कहिले प्रधानमन्त्री बन्नेछन् र उनको नेतृत्वमा सरकार कहिले गठन हुनेछ भन्नेमा केन्द्रित भएको छ।
यस विषयमा निर्वाचन आयोग का प्रवक्ता नारायणप्रसाद भट्टराई ले जानकारी दिँदै समानुपातिक मतगणना सकिएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए। उनका अनुसार आयोगले सबै प्रक्रिया पूरा गरेपछि मात्रै राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाउने छ।
प्रतिवेदन बुझाउनुअघि आयोगले केही महत्त्वपूर्ण काम पूरा गर्नुपर्ने हुन्छ। समानुपातिक मतगणना सकिएपछि दलहरूले प्राप्त गरेको मतका आधारमा सिट संख्या निर्धारण गरिन्छ। त्यसपछि सम्बन्धित राजनीतिक दलहरूसँग ती सिटका लागि मनोनयन गरिने सांसदहरूको सूची मागिन्छ।
त्यसपछि आयोगले उक्त सूची विभिन्न “क्लस्टर” अनुसार मिलेको छ कि छैन भन्ने जाँच गर्छ। क्लस्टर मिलाउनुको अर्थ समानुपातिक प्रणालीमा दलहरूले पाएको सिटमा लिंग, जातीय तथा सामाजिक समूहहरूको प्रतिनिधित्व सुनिश्चित गर्नु हो।
उदाहरणका लागि संसदमा हरेक दलले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्छ। साथै ती महिलामध्ये दलित, मधेसी, जनजाति, खसआर्य लगायतका समुदायको सहभागिता सुनिश्चित भएको छ कि छैन भन्ने पनि हेर्नुपर्छ।
यी सबै प्रक्रिया पूरा भएपछि आयोगले समानुपातिकबाट निर्वाचित सबै सांसदलाई प्रमाणपत्र प्रदान गर्छ। त्यसपछि मात्र प्रतिनिधिसभा निर्वाचनको पूर्ण प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइन्छ।
हालका प्रक्रिया अनुसार चैतको पहिलो साताभित्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाइने अनुमान गरिएको छ। त्यसपछि नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुनेछ।
नेपालको संविधानअनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्ने दलको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। त्यसैले सरकार गठनको बाटो खुलेपछि रास्वपाले आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ।
रास्वपाले चुनावअघि नै बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो। त्यसैले संसदीय दलको नेतामा पनि उनलाई नै चयन गर्ने सम्भावना बलियो छ।
यदि रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्यो भने राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। आयोगको प्रक्रिया र दलको आन्तरिक निर्णयअनुसार चैतको दोस्रो सातासम्म बालेन शाह प्रधानमन्त्री बन्न सक्ने अनुमान गरिएको छ।
मानव अधिकार आयोगको निर्देशन- ग्यासको कृत्रिम अभाव भेटिन थाल्यो, कारबाही गर्नू
कोरला नाका जोड्ने सडक फेरि अलपत्र
काठमाडौं उपत्यकाको फोहर विसर्जनमा फेरि अवरोध
३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त
पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली
देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्छ : पराजुली
विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ, बुद्धको ९ एन-एजेओ अब नउड्ने
इन्धन हाहाकारको सन्निकट नेपाल, पाकिस्तानले गर्यो कार्यालदेखि विद्यालयसम्म बन्द
आधा घट्यो एमालेको समानुपातिक मत, अब कुन पार्टीका कति सांसद ?
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
प्रतिक्रिया