०२ माघ २०८२
काठमाडौं- लोभले लाभ, लाभले विलाप भन्ने उखान यतिखेर नेपाली कांग्रेसको राजनीतिमा कसैमाथि ठ्याक्कै लागु भएको छ भने ती हुन डा. शेखर कोइराला ।
जो १४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित थिए । त्यसयता निरन्तर देउवा कार्यशैलीको विरोध गर्दै आएका उनी अन्तिम समयमा देउवाकै शरणमा पुगे । कारण थियो, विधानत देउवा सभापतिको उम्मेदवार बन्न नपाएपछि उनको उत्तराधिकारी आफू बन्न पाउँछु भन्ने लालच । त्यहि अनुसार सल्लाह गर्दै सेटिङ मिलाइ रहेका शेखर अहिले वल्लो घाट न पल्लो तिरको अवस्थामा पुगेका छन् ।
१४ औं महाधिवेशनमा उनकै प्यानलबाट महामन्त्री बनेका गगन थापाले नियमित महाधिवेशन हुन नसकेको भन्दै विशेष महाधिवेशन आह्वान गरेपछि उनी मध्यमार्गी बन्न खोजेका थिए । देउवा पक्षबाट वार्ता टोलीमा बसेर गगन फकाउन खोजेका उनले न विशेष महाधिवेशन स्थगित गर्न सके न त गगन–विश्वमाथिको कारबाही नै रोक्न सके । मध्यमार्गी भन्दै हिड्न खोज्दा र स्वार्थको रोटी सेक्न खोज्दा कांग्रेस त फुट्यो फुट्यो आफै पनि अलपत्र परेका छन् । न विशेष महाधिवेशन पक्षधरतिर लागे न त देउवाकै पक्षमा गतिलोसँग उभिए । कांग्रेस दुई चिरा हुँदा उनी भने थुप्रै सहयोगी गुमाउँदै पेन्डुलम भएका छन् । शेखरले मध्यमार्गी धार समात्ने नाममा कसैको हुन सकेनन् । न उनी स देउवाको भए न त गगनको विश्वास नै बचाउन सके । बरु देउवाले दुई पटक कांग्रेस फुटाउँदाका साक्षीका रुपमा उभिए कोइराला परिवारका एक सदस्य ।
यदि उनले विशेष महाधिवेशनको मञ्चमा उक्लिने हिम्मत गरेको भए देउवा पनि लत्रिएर आउन सक्थे, महाधिवेश प्रतिनिधिलाई भन्थे, ‘तपाईंहरूको भावनालाई सम्मान गर्दै मैले नयाँ पुस्तालाई हस्तान्तरण गर्दै सक्रिय राजनीतिबाट बिदा लिएँ ।’ तर कोइराला परिवारका अन्तिम आशा मानिएका उनी अन्तिममा देउवाकै कार्यकर्ताका रुपमा सानेपामा मिसिए । तर उनको यो निर्णयले कोइराला परिवारको विरासतको पोल्टामा कांग्रेस फर्किने सम्भावना पनि करिब समाप्त भएको छ ।
पार्टी फुटेपछि उनले निकालेको वक्तव्यमा नेता कार्यकर्तालाई घर फर्किन भनेका छन्। तर कांग्रेसका दुईवटा घर बनिसकेको अवस्थामा कुन घर फर्किने ? उनले पक्रिएको मध्यमार्गी धार असफल भइसक्दा अब कार्यकर्ता कता जाने ? गगन थापासँग विशेष महाधिवेशनको बहुमत छ भने देउवासँग केन्द्रीय कार्यसमितिको । अहिले दुबे पक्ष आधिकारिकता माग्दै निर्वाचन आयोग पुगेका छन् । शेखर भने निर्वाचन आयोग जादा देउवा गुटमा मिसिएर गएका छन् । दुबै पक्षले आफूहरु आधिकारिक भएको दाबी गरिरहेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया