२६ भदौ २०८२
काठमाडौँ - नेपाल बार एशोसिएसनले वर्तमान राष्ट्रिय सङ्कट र राष्ट्रिय सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएको छ ।
बिहीबार नेपाल बारले संविधानसभाले बनाएको संविधान मौजुदा रहेको र प्रतिनिधिसभासहितको सङ्घीय संसद् क्रियाशील रहेको र आन्दोलनकारी शक्तिको माग समेत संविधान र व्यवस्थाको परिवर्तन नभएको र स्थापित तथ्य रहेको भन्दै संवैधानिक कर्तव्य निर्वाह गर्न माग गरेका छन् ।
आन्दोलनकारी शक्तिहरू सरकार परिवर्तनको इच्छा राखेको र अहिले सरकार परिवर्तनको प्रक्रिया प्रारम्भ भइसकेकोले संविधानको धारा ७६, ७७, ७८ र धारा ६१ को मर्म र भावना भित्र रहेर संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी अविलम्ब राष्ट्रिय सरकार गठन गर्न नेपाल बारले राष्ट्रपतिलाई पत्राचार गरेको छ ।
देशमा व्याप्त अनिश्चिततालाई अन्त्य गर्दै शासन व्यवस्थालाई सुचारु बनाउन जनतामा विश्वास जगाउनका लागि संविधानको मर्म भित्र रहेर संवैधानिक प्रक्रिया बमोजिम यथाशक्य एक सक्षम राष्ट्रिय सरकारको गठन तत्काल गर्न बारले माग गरेको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया