१४ माघ २०८२
काठमाडौं - कर्णालीमा हिमपात र वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । विशेषगरी हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा भइरहेको छ भने पहाडी जिल्लाहरुमा वर्षाका कारण चिसो बढेको छ । हिमपातले हिमाली जिल्लाका डाँडाकाँडाहरु ढपक्कै भएका छन् । कर्णालीमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ ।
हिमाली जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिमपातका कारण हवाई यातायात सेवा बन्द हुनुका साथै विद्युत् सेवा समेत अवरुद्ध भएका छन् । डोल्पाका पूर्णकुमार सार्कीका अनुसार त्यहाँ सञ्चार सेवा समेत प्रभावित भएको छ । ‘हिमपात र वर्षाले विद्युत् अवरुद्ध भयो, विद्युत् आपूर्ति नै नभएपछि सञ्चार सेवा समेत प्रभावित भएको हो,’ उनले भने ।
अत्यधिक चिसोले मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् भने पशुचौपायालाई गोठबाट बाहिर निकाल्न सकिएको छैन ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेताहरु गाउँ(गाउँमा चुनाव प्रचारप्रसारमा व्यस्त छन् । हिमपातका कारण चुनावी अभियान समेत प्रभावित भएको नेताहरु बताउँछन् । कर्णालीका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता जीवनबहादुर शाहीले हिमपातका कारण चुनाव प्रचारप्रसार कष्टकर भएको भन्दै भिडिओ सामाजिक सञ्जालमा राखेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बाट हुम्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका डा। दीपेन्द्र रोकायाले हिउँले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको र चुनावी अभियान प्रभावित भएको बताए । ‘हामी जनताको घरदैलोमा जान तम्तयार भएर बसेका छौँ, तर हिउँले स्वागत गरिरहेको छ,’ उनले भने ।
वर्षाका कारण सुर्खेतमा समेत विद्युत् अवरुद्ध भएको छ भने सञ्चार सेवाले काम गरिरहेको अवस्था छैन । नेपाल विद्युत् प्राधिकरण सुर्खेत कार्यालयका अनुसार, कोहलपुर(सुर्खेत ३३ केभीए विद्युत् प्रसारण लाइन अन्तर्गत जङ्गल क्षेत्रमा रुख ढलेका कारण तारमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । सुचारु गर्न काम भइरहेको प्राधिकरणले जनाएको छ ।
हिमपात र वर्षाका कारण हिउँदे बालीलाई भने राहत पुगेको किसानहरुले बताएका छन् । दैलेख ठाटीकाँध गाउँपालिका—१ का अर्जुन बुढाले वर्षाका कारण हिउँदे खेतीलाई ठुलो राहत पुगेको बताए । ‘यो वर्ष पानी नपर्दा गहुँ सुक्न लागेका थिए, गहुँका बोटहरु पहेंलो भइसकेका थिए,’ उनले भने, ‘पानीले थोरै भए पनि राहत भएको छ ।’
कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकारी मुकुन्द शर्माले हिउँदे वर्षाले खेतीपाती गर्ने किसानलाई ठुलो राहत भएको बताए । ‘गहुँ, जौ लगायत हिउँदे खेतीहरुमा खडेरीका कारण सुक्ने, रोग, कीरा लाग्ने अवस्था आएको थियो,’ उनले भने, ‘केही राहत भएको छ ।’ उनका अनुसार हिउँदे खेतीका लागि पुस महिनामा पानी पर्नु अझ राम्रो हो । यद्यपि यो पटक केही ढिलोगरी वर्षा भएको उनी बताउँछन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया