१६ पुस २०८२
काठमाडौं- समानुपातिकतर्फ उम्मेदवार छनोट गर्दा कांग्रेस एमालेले यति मनपरी गरेको भेटिएको छ की यीनले पटक पटक मन्त्री भएका देखि नेताका आफन्तसम्मलाई बन्द सूचीमा समेटेको पाइएको छ । यसपालि नयाँलाई अवसर दिने भनेर प्रमुख दलहरुले ढोल पिटे पनि स्थापित र पहुँचवाला व्यक्तिलाई नै समानुपातिकतर्फ उम्मेदवार बनाएका छन् ।
उपेक्षित, उत्पीडित वर्ग, समुदाय तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत कांग्रेस एमालेले पटक पटक मन्त्री भै सकेका पात्रदेखि नेताका आफन्तहरुलाई छनोट गरेका छन् कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवलाई समानुपातिक उम्मेदवार बनाएको छ । चन्द्रमोहन २०७० को निर्वाचनबाट संविधानसभा सदस्य बनेका थिए ।
त्यस्तै, पञ्चायतकालदेखि निर्वाचन लड्दै मन्त्री बन्दै आएका ७८ वर्षीय अर्जुननरसिंह केसीलाई खसआर्य ‘क्लस्टर’ को पहिलो नम्बरमा राखिएको छ । ०३८ सालमा राष्ट्रिय पञ्चायतमा चुनाव जितेका उनी सूर्यबहादुर थापाको मन्त्रिपरिषद्मा राज्यमन्त्री भएका थिए । पटक–पटक अवसर पाएका केसीलाई समानुपातिक उम्मेदवार बनाइएकामा कांग्रेसभित्रै आलोचना भइरहेको छ । उनी महामन्त्री गगन थापाका ससुरा हुन् ।
पूर्वमन्त्रीहरू भीमसेनदास प्रधान र रोमी गौचन थकाली पनि समानुपातिकमा परेका छन् । ०७९ को निर्वाचनमा पुस्तान्तरणकै मुद्दा उठाएर थकालीले छोरा योगेशलाई उम्मेदवार बनाएका थिए । केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेती केसी र बहिनी गोमा केसी पनि बन्दसूचीमा छन् । दुवै संस्थापनइतर खेमाबाट सिफारिस भएका छन् । नेता विमलेन्द्र निधिले भान्जी निनु कर्णलाई समानुपातिकको उम्मेदवार बनाएका छन् ।
कांग्रेसले ०६४, ०७०, ०७४ र ०७९ को चुनावबाट समानुपातिक सांसद भएका कसैलाई पनि यस पटक नदोहो¥याउने मापदण्ड बनाएको थियो । त्यही कारण बन्दसूचीमा नयाँ अनुहारको बाहुल्य देखिए पनि अग्रपंक्तिमा पहुँचवाला छन् । नयाँका नाममा नेताका श्रीमती, बहिनी, छोरा छोरी भान्जा भान्जी लाई उम्मेदवार बनाइएको छ ।
एमालेले पनि पटक पटक अवसर पाएका, मन्त्री भएका नेताहरुलाई नै समानुपातिक प्रणालीको दुरुपयोग गर्दै उम्मेदवार बनाएको छ । ०६४ मा रक्षामन्त्री र ०७४ मा गृहमन्त्री भएका एमाले उपाध्यक्ष रामबहादुर थापा आदिवासी÷जनजाति ‘क्लस्टर’ बाट पहिलो नम्बरमा समानुपातिक उम्मेदवार छन् । एमालेका पूर्वउपाध्यक्ष गुरु बराललाई खसआर्य ‘क्लस्टर’ को एक नम्बरमा उम्मेदवार बनाइएको छ ।
महिला ‘क्लस्टर’ बाट एक नम्बरमा पूर्वमन्त्री पद्मा अर्यालको नाम छ । उनी ०७४ को निर्वाचनमा स्याङ्जा–२ बाट विजयी भएर स्वास्थ्य र भूमि व्यवस्थामन्त्री भएकी थिइन् । उनी २०७९ को चुनावमा पराजित भएकी थिइन ।
यस्तै एमालेले सांसद मात्रै होइन संसदीय समितिको सभापति समेत बनेकी निरुदेवी पाल पनि समानुपातिकको सूचीमा राखेको छ । यसअघि पनि समानुपातिक कोटाबाटै संविधान सभा सदस्य बनेकी सान्ता चौधरीलाई एमालेले पुनः समानुपनतिकको सूचीमा राखेको छ । यसअघि राष्ट्रिय सभा सदस्य भएकी कोमल वलीलाई समानुपातिक सूचीमा समेटिएको छ ।
एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले अनुभव एवं योगदानलाई हेरेर र युवा समेटेर समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको बताएका छन् । तर संस्थापन पक्षले ‘मनोमानी’ रूपमा बन्दसूची तयार गरेको भन्दै उपाध्यक्ष गोकर्ण बिष्ट र उपमहासचिव योगेश भट्टराईको समूहले असन्तुष्टि जनाएको छ ।
विगतमा पटक–पटक अवसर पाएका नेताहरूलाई समानुपातिक सूचीमा राख्न नहुने अडान लिएपनि उनीहरुको कुरै नसुनी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजबिजमा उम्मेदवार छनोट गरेका थिए । जसलाई एमाले निर्वाचन विभाग प्रमुख नीरज आचाय तीन पुस्ताको राम्रो संयोजन भन्दै फुलबुट्टा भर्दै आएका छन् ।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया