१६ कात्तिक २०८३
काडमाडौं - सरकारले सुरक्षा संगठनको दुरुपयोग गरेपछि, सञ्चार गृह भित्रै पसेर पत्रकार पक्राउ गरे।पछि आक्रोशित बनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अब सरकारको झाको झार्ने भएको छ । सरकारका पछिल्ला गतिविधिप्रति धारणा सार्वजनिक गर्दै सभापति गगन थापाले अब चुप लागेर बस्न नसक्ने घोषणा गरेका छन् ।
थापाले स्पष्ट पार्दै भनेका छन्– ‘अप्ठ्यारो परेका बेला हामीले विपक्षीमा भएर अर्को पार्टीको सरकार भनेनौँ, तर लोकतन्त्र, मौलिक हक र प्रेस स्वतन्त्रताको सीमा नाघे कांग्रेस अब चुप बस्दैन। हामी कडा प्रतिवाद गर्छौँ।’
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीको भूमिका अत्यन्तै रहस्यमय र विचित्र देखिएको छ। पहिले प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्रीको सचिवालयले ‘थाहा छैन’ भन्छ। फेरि प्रहरीले मध्यराति ‘प्रधानमन्त्री कार्यालयको चासोमा पक्राउ गरिएको’ भनेर विज्ञप्ति निकाल्छ र बिहान नहुँदै त्यो विज्ञप्ति डिलिट गर्छ ?
अझ डरलाग्दो कुरा त प्रधानमन्त्रीकै सचिवालयबाट २८ जना पत्रकारको सूची बनाएर प्रहरीलाई जिम्मा लगाइएको विषय बाहिरिएको छ। यसैमाथि व्यंग्य गर्दै सभापति थापाले भने— “केही साथीहरू बसेर समाचार हेर्दै ‘ल केटाहरू, यी ८–१० जनालाई उठाइदे’ भन्नुभयो होला। फेरि एकछिनपछि अर्को साथीले ‘ए, लाइक घट्यो–घट्यो, छाड्दे छाड्दे’ भन्यो१ सामाजिक सञ्जालको प्रतिक्रिया र सत्ताको सनकमा राज्य चलाउने यो प्रवृत्तिले हद नाघेको छ।“ बाँकी भिडियोमा हेर्नु
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया