२८ वैशाख २०८३
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सञ्चालनमा ल्याएका निःशुल्क वाटर एटीएम वुथबाट सर्वसाधारण लाभान्वित भइरहेका छन् । तर, केही स्थानमा वुथको दुरुपयोग हुन थालेपछि महानगरले चिन्ता व्यक्त गरेको छ ।
महावौद्धमा राखिएको निःशुल्क वाटर वुथमा एक व्यक्ति आएर हातमुख धोएपछि पानी पिएर गन्तव्यतर्फ लागेको दृश्य देखिन्छ । यस्तै, खुला मञ्चस्थित वुथमा एक ज्येष्ठ नागरिकले भित्री कपडा धोएको गतिविधि सीसीटिभी क्यामरामा कैद भएको महानगरले जनाएको छ ।
वैशाख ५ गते ‘भेहिकल फ्री असन’ कार्यक्रम सुरु भएका बेला जमलस्थित वुथबाट बोतलमा पानी भरेर मःमः पकाउन लगिएको घटना पनि महानगरका अधिकारीकै सामुन्ने भएको बताइएको छ ।
वडा नं। ५ मा होलीका दिन डेढ घण्टामै ३ हजार लिटर पानी सकिएपछि कारण खोज्दा वुथको पानी होली खेल्न प्रयोग गरिएको सीसीटिभी फुटेजमा देखिएको थियो ।
काठमाडौँ महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाईका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्यले वुथको उद्देश्य केवल पिउने पानी उपलब्ध गराउनु भएको स्पष्ट पारे ।
उनले भने, “यो वुथ विशुद्ध पिउने पानी वितरणका लागि हो । यो लुगा धुने धारो होइन । यहाँबाट पानी भरेर लैजान मिल्दैन । यहाँको पानी पिउन बाहेक अन्य कामका लागि प्रयोग गर्न हुँदैन ।”
काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा ८ वटा निःशुल्क वाटर एटीएम वुथ सञ्चालनमा ल्याएको हो । निर्माण सम्पन्न भएपछि परीक्षण गरेर २०८३ वैशाख ५ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।
त्यस अवसरमा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘भेहिकल फ्री असन’ कार्यक्रमसँगै वुथको शुभारम्भ गरेकी थिइन् ।
महानगरका अनुसार ८ वटा वुथ निर्माणमा २ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । वुथबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसारको स्वच्छ पिउने पानी निःशुल्क उपलब्ध गराइन्छ ।
नेपाली मौलिक शैलीमा निर्माण गरिएका यी वुथमा ३ हजार लिटर पानी भण्डारण क्षमता रहेको छ । खुला मञ्च, महावौद्ध, दरबार हाइस्कुल परिसर, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, वडा नं। १७ ढल्को चोक, वडा नं। ५ नरःदे, वडा नं। २६ र वडा नं। ३१ मा वुथ जडान गरिएको छ ।
महानगर र बोर्डबीच २०८१ फागुन २५ गते समझदारीपत्रमा हस्ताक्षर भएपछि खुला बोलपत्रमार्फत निर्माण कम्पनी छनोट गरिएको थियो । सम्झौताअनुसार १८ महिनासम्म निर्माण पक्षले सञ्चालन गर्ने र त्यसपछि महानगरले व्यवस्थापन सम्हाल्नेछ ।
वुथमा आधुनिक फिल्टर प्रणाली जडान गरिएको छ भने पानीको गुणस्तर नियमित परीक्षण गरिन्छ । २४सै घण्टा पानी उपलब्ध हुने व्यवस्था गरिएको छ । निगरानीका लागि सीसीटिभी क्यामरा जडान गरिएको छ भने संरचना बालमैत्री बनाइएको महानगरले जनाएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया