०१ मंसिर २०८३
काठमाडौं - इनम सापकोटाको ह्वाट्सएप म्यासेज लिक भएर नाम जोडिएपछि बिदामा बसेका सर्वोच्च अदालतका न्यायाधीशहरु तिहार बिदा सकिएपछि इजलासमा फर्किन थालेका छन् ।
प्रधानन्यायाधीश डा। मनोज शर्मा र न्यायाधीश हरि फुयाल मंगलबार इजलासमा सामेल भएका हुन् ।
प्रधानन्यायाधीश डा। शर्मा नवनियुक्त न्यायाधीश डा। रत्नबहादुर बागचन्दसँग संयुक्त इजलासमा छन् भने अर्का न्यायाधीश हरि फुयाल नवनियुक्त न्यायाधीश गोकर्ण डाँगीसँग संयुक्त इजलासमा मुद्दाको सुनुवाइ गरिरहेका छन् ।
इनम सापकोटाको ह्वाट्सएप म्यासेज सार्वजनिक भएपछि प्रधानन्यायाधीश डा। शर्मा र न्यायाधीश फुयाल केही दिन इजलासमा सामेल थिएनन् । शर्मा अदालत उपस्थित भएर पनि इजलास नलिएर न्यायप्रशासनका अरु काममा संलग्न थिए भने फुयालले तिहार अघिसम्म बिदा लिएका थिए ।
तीन साताअघि इनम सापकोटाको ह्वाट्सएप म्यासेजबाट प्रधानन्यायाधीश डा। मनोज शर्मा र न्यायाधीश हरि फुयालको नाम जोडिएको विवरण सार्वजनिक भएको थियो ।
विचौलियाको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइल लगायतका ग्याजेटमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सापकोटाले कुनै व्यक्तिलाई ‘गुड मर्निङ म्याम’ भन्दै आफ्ना नातेदारको नाममा रकम डिपोजिट गरिदिन भन्दै खाता नम्बर आदानप्रदान गरेका थिए ।
ल्याबले विभागमा पठाएको विवरणको त्यही पेजमा प्रधानन्यायाधीश डा। मनोज शर्मा, विश्वराज पोखरेल ९ओखलढुंगा० र वंशी दाहाल ९आईजी–एपीएफ० सशस्त्र प्रहरी बलको आईजी भनी उल्लेख भएको थियो ।
त्यसका साथै सापकोटाले सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालसँग सम्वाद गरेको विवरण समेत त्यति नै बेला सार्वजनिक भएको थियो । शुरुमा सापकोटाले ‘यसलाई रोक्ने है त हजुर’ भनी रोहित गुप्तालाई थुनामै राख्न आग्रह सहित म्यासेज पठाएका थिए । विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालले आफूले सापकोटालाई होटल हिमालयमा भेटेको स्विकारेका थिए ।
दुवै न्यायाधीशका साथै सामाजिक सञ्जालमा अर्का न्यायाधीश शारंगा सुवेदीको नाम पनि जोडिएको थियो । घटनापछि उनीहरुमाथि चौतर्फी प्रश्न उठेको थियो । न्यायाधीशहरुको भूमिका अध्ययन गर्न नेपाल बार एसोसिएसनले गठन गरेको समितिमा बहुसंख्यक कानून व्यवसायीहरु बस्न अस्विकार गरेका छन् ।
त्यतिबेला चौतर्फी प्रश्न उठेपछि न्यायाधीशहरु शर्मा र फुयाल इजलासमा सहभागी थिएनन् भने न्यायाधीश सुवेदी एक दिन इजलासबाट अलग भएकी थिइन् । करिव एक साता लामो तिहार र छठ बिदापछि अदालत खुल्नासाथ ती न्यायाधीशहरु इजलासमा संलग्न भएर मुद्दाको सुनुवाइ थालेका हुन् ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया