१६ कात्तिक २०८३
काठमाडौं- पूर्व प्रधानन्यायाधीशदेखि बहालवाला न्यायाधीशसम्मसँग, नेतादेखि सुरक्षा निकयका अधिकारीसम्मसँग साँठगाँठ बनाएका ३० वर्षे इनम सापकोटाको बयानले पुरै देशमा भूकम्प ल्याइ दिएको छ ।
३१ वर्षीय झापाली युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडियो बयानमा कयौँ उच्च पदस्थ र व्यापारीसम्मलाई पोलेका छन्। हाल जिल्ला प्रहरी परिसर काठमाण्डुको हिरासतमा रहेका उनले न्यायिक, राजनीतिक र व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूको नाम लिँदै करोडौँ रुपैयाँको कारोबारबारे खुलासा गरेका छन्।
गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सापकोटाले जिल्ला प्रहरी परिसर काठमाण्डुको हिरासतमा दिएको अडियो बयानमा काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दा मिलाउन तीन करोड रुपैयाँको डिल भएकोदेखि नेपाली कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँको कारोबार भएको दाबीसम्म गरेका छन्।
उनको बयानमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, प्रभुशमशेर जबरा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, कांग्रेस पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठ, अर्का नेता दीपक खड्काको नाम लिएको खबर बाहिरिएको छ।
बयान अनुसार ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलका अध्यक्ष नवीन तुलाधरमार्फत २० लाख रुपैयाँ पेस्की आएको थियो। उक्त ३ करोडको डिल पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका लागि गरिएको र सो रकम भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङकहाँ पुगिसकेको सापकोटाको दाबी छ। प्रभुशमशेर जबरा र मीनबहादुर गुरुङसँग आफ्नो व्यावसायिक साझेदारी रहेको समेत उनले बयानमा स्वीकारेका छन्।
सापकोटाको बयानले राजनीतिक वृत्तमा पनि आगो बालेको छ। नेपाली कांग्रेसको आधिकारिकता विवाद सुल्झाउन गगन थापाको पक्षमा निर्णय गराउन १८ करोड रुपैयाँको डिल भएको र सर्वोच्चकी न्यायाधीश सारंगा सुवेदीलाई ३ करोड रुपैयाँ बुझाइएको गम्भीर आरोप उनले लगाएका छन्। तर, कांग्रेस सभापति गगन थापाले भने यो आरोपलाई सरकारले आफ्ना बदमासी ढाकछोप गर्न र विषयान्तर गर्न नियोजित रूपमा फैलाएको भ्रम भन्दै खण्डन गरिसकेका छन्।
सापकोटाले नयाँ सरकार गठनपछि गत वैशाख–जेठदेखि आफ्नो सेटिङ अझ बढेको र न्यायाधीश फुयालसँगको सम्वादमा प्रधानमन्त्री बालेन शाहको नामसमेत लिएर प्रभाव पार्न खोजेको बयान दिएका छन्। इनम सापकोटा र सर्वोच्चका न्यायाधीश हरि फुयालबीचको ह्वाट्सएप सम्वाद बाहिरिएपछि यो प्रकरण अझ पेचिलो बनेको छ।
यो सम्वाद बाहिरिएलगत्तै रास्वपाले न्यायाधीश फुयालमाथि महाभियोग अघि बढाउने संकेत दिइसकेको छ। यो सेटिङको सञ्जाल सुरक्षा निकायसम्मै फैलिएको छ। पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी हिरासतमा रहेका बेला रातको समयमा विना जानकारी भेट्न पुगेका सशस्त्र प्रहरीका एआईजीपी वंशीराज दाहाललाई सरकारले पदबाटै बर्खास्त गरिसकेको छ।
इनमको बयान केवल एउटा बिचौलियाको गफ मात्र हो वा देशको न्याय, राजनीति र सुरक्षा संयन्त्रलाई भित्रभित्रै खोक्रो बनाइरहेको धन्दाको वास्तविक ऐनारु अदालतका बेन्चदेखि सुरक्षा निकायका सरुवा–बढावासम्म बिचौलियाको कब्जामा परेको यो तथ्यले राज्यका अङ्गहरूप्रति गम्भीर प्रश्न उठाएको छ।
को हुन् इनम ?
३१ वर्षीय सापकोटाको स्थायी ठेगाना झापाको दमक नगरपालिका हो। उनको परिवार काठमाण्डुको बूढानीलकण्ठ क्षेत्रमा बस्दै आएको छ। उनी काठमाण्डुको पानीपोखरीस्थित एक आवासीय भवनमा बस्ने गरेका थिए। अनुसन्धानका क्रममा उनले कतिपय ठाउँमा आफू विदेशी दूतावासमा कार्यरत चिकित्सक भएको परिचय दिने गरेको विवरणसमेत खुलेको छ।
तर उनको वास्तविक भूमिका उच्च पदस्थ व्यक्तिहरूसँगको व्यक्तिगत पहुँच देखाएर विभिन्न काम मिलाइदिने मध्यस्थकर्ता अर्थात् बिचौलिया जस्तो देखिएको छ। प्रहरीले उनको मोबाइल तथा ह्वाट्सएप संवाद अध्ययन गर्दा पूर्वप्रधानन्यायाधीश जबरा, बहालवाला तथा पूर्वन्यायाधीश र सुरक्षा निकायका उच्च अधिकारीहरूसँग नियमित सम्पर्क रहेको विवरण फेला पारेको छ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया