२२ असोज २०८३
काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गगन थापालाई सर्वसम्मत सभापति हुन नदिन पर्दापछाडिबाट देउवा समूहले डरलाग्दो खेल खेलेको खुलासा भएको छ ।
गत पुसको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति बनेका गगन असोज १८ गतेदेखि जारी नियमित महाधिवेशनमा पनि सर्वसम्मत सभापति बन्ने निश्चितप्रायः थियो। किशोरसिंह राठौरजस्ता आकांक्षीले समेत थापासँगको संवादपछि उम्मेदवारी फिर्ता लिइसकेका थिए। तर, गगनलाई निर्विरोध हुन नदिने र राजनीतिक धक्का दिने योजना खुल्लामञ्चबाहिर अर्कै शक्तिकेन्द्रमा बुनिँदै थियो।
त्यो योजनाको अखडा बनेको थियो— चाक्सीबारी
कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेताहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको इसारा एवं योजनामा गगन थापाविरुद्ध खडा गरियो एउटा अस्त्र— श्यामकृष्ण खड्गी१ काठमाडौँका पूर्वसभापति भीमसेनदास प्रधान निकट मानिने खड्गीलाई अघि सारेर सिटौला र सिंहले गगनको सर्वसम्मत यात्रा रोकेका छन् । भीमसेनदास प्रधान स्वयमले चुनाव लड्न आफैँले सल्लाह दिएको स्वीकारिसकेका छन्।
अझै चाखलाग्दो कुरा त के छ भने गगनविरुद्ध सभापतिका लागि मैदानमा उत्रिएका खड्गी अरू कोही नभएर गगन थापालाई नै गणित पढाउने आफ्नै माध्यमिक तहका पूर्वशिक्षक हुन्।
२०४८–०४९ सालतिर सिद्धार्थ वनस्थली स्कुलको कक्षा १० ’एच’ सेक्सनमा गगनलाई गणित पढाएका तिनै गुरु खड्गी यतिबेला चाक्सीबारी र सिटौला गुटको मोहरा बनेर आफ्नै भूतपूर्व विद्यार्थीविरुद्ध सभापतिको मैदानमा खडा भएका छन्। राठौरले राजनीतिक बार्गेनिङ गरेर फिर्ता लिने सुइँको पाएपछि देउवा समूहले खड्गीलाई अघि सारेको पाइएको छ । यद्यपी यो कुरा खड्गीले स्विकार नगरेपनि उनले महाधिवेशनको उद्घाटनसम्ममा पनि उम्मेदवारी दिने कुरा सार्वजनिक नगर्नुले प्रष्ट पार्छ ।
चाक्सीबारीमा बुनिएको यो योजनापछि अब कांग्रेसमा सभापति पदका लागि औपचारिक निर्वाचन हुँदैछ । देउवा समूहले गगनलाई सर्वसहमत सभापति हुन नदिए पनि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा शर्मा भने सर्वसहमत भएका छन्। यस्तै महिला उपसभापतिमा पुष्पा भुसाल पनि सर्वसहमत निर्वाचित भएकी छिन् । सभापतिसहित बाँकी पदमा भने बिहीबार दिउँसो १ बजेदेखि ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्दैछन्। बागमतीका लागि राष्ट्रिय सभागृह, कोसी, मधेश, कर्णाली, सुदूरपश्चिम र भ्रातृ संस्थाका लागि खुल्लामञ्च तथा गण्डकी र लुम्बिनीका लागि प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ।
आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाको सुन्दर नारा दिइए पनि गगन थापालाई सर्वसम्मत सभापति बन्न नदिने चाक्सीबारी र सिटौला समूहको यो रणनीतिक राजनीतिक घेराबन्दी मात्रै हो। एकातिर आफ्ना पूर्वशिक्षकलाई अघि सारेर गगनको कद घटाउने प्रयास छ भने, अर्कोतिर गगन थापा ७ हजारभन्दा बढी प्रतिनिधिको भारी जनादेशसहित पुनः सभापतिमा स्थापित हुने दाउमा छन्। अब चाक्सीबारीको यो ’गुटगत पासो’ सफल हुन्छ वा महाधिवेशन प्रतिनिधिले गगनको पक्षमा एकछत्र छाप लगाउँछन्— त्यसको फैसला आजको मतदानले दिनेछ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया