२३ कात्तिक २०८२
काठमाडौं । कान्तिपुर थिएटरले नाटक ‘महारानीको जात्रा’ मञ्चन गर्ने भएको छ । भोलीदेखि २० मंसिरसम्म बुधबारबाहेक हरेक साँझ ५ बजे नाटक मञ्चन हुने विवरणमा उल्लेख छ ।
अघिल्लामा चर्चित फिल्म कलाकारलाई समेटेको थिएटरले यसपटक नयाँ नाटकमा अभिनत्री उषा रजक र राज न्यौपानेसहित सुहाना आचार्य र निकिता आचार्यलाई मञ्चमा उतार्दैछ ।
लामो समयदेखि नाटक डिजाइन र निर्देशन गर्दै आएका अनुभवी रंगकर्मी तथा प्रशिक्षक दिपल बरालले नाटक परिकल्पना र निर्देशन गरेका हुन् ।
रेमश पुरीको निर्माणमा तयार हुने नाटकका अन्य कलाकारमा दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहनी, श्वेता चौलागाईं र कुशल बास्कोटा छन् ।
यसअघि थिएटरले रेखा थापालाई डेब्यू गराएको नाटक ‘मीरा’ र अभिनेता जीवन लुइँटेललाई कमब्याक गराएको नाटक ‘शिरीषको फूल’ को मञ्चन गरेको थियो ।
नाटक हेर्न विद्यार्थी तथा रंगकर्मीका लागि प्रवेश शुल्क ३०० रुपैयाँ र साधारण दर्शकका लागि ५०० रुपैयाँ तोकिएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया