२९ असोज २०८२
काठमाण्डौ – आउँदो फागुन २१ का लागि घोषणा भएको प्रतिनिधि सभा चुनावमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न पुग्नेहरुको संख्या बढ्दो छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नयाँ दल दर्ताको लागि प्रक्रिया बुझ्न आउनेको संख्या धेरै छ, तर अहिलेसम्म तीन वटा मात्रै फाइल प्राप्त भएका छन् । नयाँ दल दर्ता गर्न निवेदन दिएकाहरुको कागजात बुझ्ने काम भइरहेको उनले जानकारी दिए । प्रवक्ता भट्टराईका अनुसार सबै प्रक्रिया पुगेपछि दल दर्ताको प्रमाणपत्र दिइनेछ ।
मौजुदा कानूनअनुसार नयाँ दल दर्ताको काम सबै महिना खुला रहन्छ । तर फागुन २१ गते हुने चुनावमा भाग लिनको लागि कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ । चुनावमा भाग लिने राजनीतिक दलले मङ्सिर १ देखि १० गतेको बीचमा निर्वाचन प्रायोजनको लागि दल दर्ता गर्नुपर्ने आयोगले व्यवस्था गरेको छ ।
कात्तिक ३० गतेसम्म दल दर्ताको स्वीकृति प्राप्त गरेका दलले चुनावमा भाग लिन पाउने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । दल दर्ताको लागि आयोगले यसअघि नै सार्वजानिक आह्वान गरिसकेको छ । उनका अनुसार एक सय २२ दलहरू पहिले नै दर्ता भइसकेका छन् । कागजात पूरा भए दल दर्ता प्रमाणपत्र ४५ दिनभित्र प्रदान गर्नुपर्ने कानूनी व्यवस्था छ ।
नयाँ दल दर्ताका लागि कम्तीमा ५ सय जना हस्ताक्षरकर्ता, नागरिकताको प्रमाण र अरु कानूनी कागजात आवश्यक पर्छ । यसैबीच आयोगले राजनीतिक दलहरूसँग छलफलको लागि तयारी अगाडी बढाएको छ । आयोगका प्रवक्ता भट्टराईका अनुसार पहिलो चरणमा भोलि बिहीवार २९ वटा दललाई छलफलका लागि बोलाइएको छ ।
संघ, प्रदेश र पालिकामा प्रतिनिधित्व भएका दललाई पहिलो चरणमा छलफलका लागि बोलाएको र त्यसपछि अन्य दलहरुसँग पनि छलफल गर्दै जाने उनले बताए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया