१५ कात्तिक २०८३
काठमाडौँ- सोच्नुहोस् त, प्यास मेट्न र ताजगीका लागि किनेको एउटा इनर्जी ड्रिङ्क्सको क्यानले तपाईंलाई ब्रान्ड न्यु मोटरसाइकल वा स्कुटरको मालिक बनाइदियो भनेर ? अझ त्यही खरिदले बम्पर उपहारमा कार नै जितायो भनेर सुन्दा अचम्म र कुनै सपना जस्तो लागे पनि म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सका नौ जना उपभोक्ताका लागि यो अद्भूत संयोग यथार्थमा परिणत भएको छ ।
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अफरअन्तर्गत देशभरीका विभिन्न सहरबाट नौ जना भाग्यशाली ग्राहकले यामाहाका सवारीसाधन हात पारिसकेका छन्। दशैंको उमङ्ग, युवाको जोश र आकर्षक उपहारलाई एकसाथ जोडेर सुरु गरिएको यस अभियानले पूर्वदेखि पश्चिमसम्म व्यापक उत्साह पैदा गरेको छ।
अहिले अफरको खुसी देशका प्रमुख सहरहरूमा तीव्र रूपमा फैलिरहेको छ। अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाह, बुटवलका नरबहादुर फौगाड, धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेतले यामाहा रे जेडआर स्कुटर जितेका छन्। त्यस्तै बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, धनगढीका मोहन श्रेष्ठ, जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन्। पछिल्लो चरणमा सार्वजनिक भएका यी विजेताहरूसँगै देशका विभिन्न कुनाका उपभोक्तामाझ म्याक्स टाइगरको लोकप्रियता र विश्वसनीयता थप चुलिएको छ।
कम्पनीका अनुसार यो त केवल सुरुआत मात्र हो। यस अभियानअन्तर्गत कुल १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल र १८ वटा यामाहा रे जेडआर स्कुटर गरी ३६ वटा दुईपाङ्ग्रे सवारीसाधन प्रदान गरिनेछ भने एक जना महाभाग्यशाली विजेतालाई बम्पर पुरस्कार स्वरूप शानदार प्रोटोन कार दिइनेछ।
कुल ३७ वटा सवारीसाधनमध्ये हालसम्म ९ वटाको टुङ्गो लागिसकेको छ भने अब बाँकी २८ वटा सवारीसाधन र बम्पर कारको चाबी कसको भाग्यमा पर्ला भन्ने कौतूहल कायमै छ। हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साहु भन्ने सन्देशसहित जारी यस योजनाले आगामी दिनमा थप विजेताहरू सार्वजनिक गर्दै उपभोक्तालाई सरप्राइज दिने क्रमलाई निरन्तरता दिनेछ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया