१४ मंसिर २०८२
काठमाडौं- चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल ९एटिएफ० र मट्टितेल आयातबाट रु २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा रु दुई अर्ब ९३ करोडले बढी हो ।
जबकी गत आवको चार महिनाको अवधिमा भने रु ५१ अर्ब १९ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा २० अर्ब ८९ करोड राजस्व सङ्कलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको चार महिनामा पेट्रोलियम पदार्थको आयातमा केही वृद्धि भएको जानकारी दिए । “गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट प्राप्त हुने राजस्वमा समेत नौ दशमलव ६० प्रतिशतले बढेको छ,” उनले भने ।
वीरगञ्ज भन्सार कार्यालयका चालु आवको कात्तिक मसान्तसम्म रु २४ अर्ब ४० करोड मूल्य पर्ने दुई लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ । सो डिजेल आयातबाट रु १० अर्ब ७३ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको सोही अवधिमा भने २१ अर्ब ८३ करोड मूल्य पर्ने डिजेल आयात भएको थियो । सोबाट नौ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको थियो ।
चालु आवको चार महिनामा रु १४ अर्ब २७ करोड मूल्य पर्ने एक लाख ६६ हजार ६६३ किलोलिटर पेट्रोल आयात भएको छ । सो पेट्रोल आयात हुँदा रु नौ अर्ब ४३ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको चार महिनामा भने १२ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोल आयात हुँदा आठ अर्ब ११ करोड राजस्व सङ्कलन भयो ।
चालु आवको चार महिनाको अवधिमा रु नौ अर्ब ७७ करोड मूल्य पर्ने नौ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ । सो आयातबाट रु एक अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ ।
त्यस्तै गत आवको सोही अवधिमा भने रु ११ अर्ब १० करोड मूल्य पर्ने रु १० करोड तीन लाख ५९ हजार किलोग्राम एलपी ग्यास आयात भएको थियो । सो आयातबाट रु दुई अर्ब आठ करोड राजस्व सङ्कलन भएको थियो ।
अझै सुरु भएन एमाले निर्वाचन
मधेसका पूर्वसभामुख र पूर्वमुख्यमन्त्री दुवै एकै क्लस्टरबाट एमाले केन्द्रीय सदस्यका उम्मेदवार
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
एमाले महाधिवेशन : ईश्वर पोखरेल पुगे मतदानस्थल
दुई प्यानल भएपछि महाधिवेशनमा उठ्न चाहिनँ : विद्या भट्टराई
एमालेको अध्यक्ष बन्न ओली र पोखरेलले दिए उम्मेदवारी
ओली प्यानलमा नपरेका नेतालाई पदाधिकारीमा समेट्न ईश्वर पोखरेल पक्ष सक्रिय
महानगरको प्राथमिकतामा खर्च कटौती: बालेन
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
ओली र इश्वरले टुंगो लगाए उम्मेदवारको नाम, महासचिवमा सुरेन्द्र र शंखर भिड्ने
प्रतिक्रिया