१५ फागुन २०८२
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले छिमेकीबिचको सन्तुलन मिलाएर जानुपर्ने बताएका छन्। बुटवलमा आयोजित चुनावी सभामा बोल्दै नेपाल भारत र चीनको बीचमा रहेकाले चर्को कुराले मात्रै नहुने बताए।
भूराजनीतिक संवेदनशीलतालाई पनि केन्द्रमा राखेर देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने पार्टी कांग्रेस मात्रै भएको जिकिर गरे।
उनले भने, ‘कुनै एउटा व्यक्ति आएर चमत्कार गर्ने होइन। तपाईँले मलाई प्रधानमन्त्री बनाउनुभो, मैले प्रधानमन्त्री भएर चमत्कार गर्ने कसैले चमत्कार गर्दैन। कसैले चमत्कार गर्न पनि सक्दैन। डेमोक्रेसी भनेको चमत्कार व्यक्तिले गर्ने पद्धति नै होइन।’
उनले अबको पाँच वर्ष खेर जान नदिन आफूले टीम नेपालको काम गर्ने बताए ।
उनले थपे, ‘कांग्रेस एक्लैले पुग्दैन। मैले अहिले प्रस्ताव गरेको प्रतिज्ञा पत्रमा लेखिएका दर्जनौँ कुरा गर्नका लागि दर्जनौँ ठाउँमा संविधान संशोधन गर्नुपर्छ। अनि त्यो संविधान संशोधन गर्न राष्ट्रिय सभा चाहिँदैन रु त्यो संविधान संशोधन गर्न एमाले चाहिँदैन रु माओवादी चाहिँदैन रु रास्वपा चाहिँदैन रु नयाँ पार्टी चाहिँदैन रु अनि म एक्लै चलाउँछु, एक्लै गर्छु, म असल बाँकी रहेका सबै खराब भन्ने यो मनोवृत्तिले देशलाई फेरि अर्को द्वन्द्वमा लिएर जान्छ। दुर्घटनामा लिएर जान्छ।’
उनले धेरै उत्तेजनाको राजनीतिमा नबहकिन समेत आग्रह गरेका छन्।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया