१५ फागुन २०८२
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले छिमेकीबिचको सन्तुलन मिलाएर जानुपर्ने बताएका छन्। बुटवलमा आयोजित चुनावी सभामा बोल्दै नेपाल भारत र चीनको बीचमा रहेकाले चर्को कुराले मात्रै नहुने बताए।
भूराजनीतिक संवेदनशीलतालाई पनि केन्द्रमा राखेर देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने पार्टी कांग्रेस मात्रै भएको जिकिर गरे।
उनले भने, ‘कुनै एउटा व्यक्ति आएर चमत्कार गर्ने होइन। तपाईँले मलाई प्रधानमन्त्री बनाउनुभो, मैले प्रधानमन्त्री भएर चमत्कार गर्ने कसैले चमत्कार गर्दैन। कसैले चमत्कार गर्न पनि सक्दैन। डेमोक्रेसी भनेको चमत्कार व्यक्तिले गर्ने पद्धति नै होइन।’
उनले अबको पाँच वर्ष खेर जान नदिन आफूले टीम नेपालको काम गर्ने बताए ।
उनले थपे, ‘कांग्रेस एक्लैले पुग्दैन। मैले अहिले प्रस्ताव गरेको प्रतिज्ञा पत्रमा लेखिएका दर्जनौँ कुरा गर्नका लागि दर्जनौँ ठाउँमा संविधान संशोधन गर्नुपर्छ। अनि त्यो संविधान संशोधन गर्न राष्ट्रिय सभा चाहिँदैन रु त्यो संविधान संशोधन गर्न एमाले चाहिँदैन रु माओवादी चाहिँदैन रु रास्वपा चाहिँदैन रु नयाँ पार्टी चाहिँदैन रु अनि म एक्लै चलाउँछु, एक्लै गर्छु, म असल बाँकी रहेका सबै खराब भन्ने यो मनोवृत्तिले देशलाई फेरि अर्को द्वन्द्वमा लिएर जान्छ। दुर्घटनामा लिएर जान्छ।’
उनले धेरै उत्तेजनाको राजनीतिमा नबहकिन समेत आग्रह गरेका छन्।
काठमाडौंमा मतदान गरेर सर्लाही पुगे गगन
ओलीले भने- फागुन २१ मैले दुई पटक पुनर्जीवन पाएको दिन हो
काठमाडौँमा १२ बजेसम्म २५ प्रतिशत मत खस्यो
ओली र बालेनलगायत उम्मेदवार रहेको झापामा शान्तिपूर्ण मतदान
अनुमति नलिई चढेपछि बालेनको हेलिकप्टर फर्काइएको खुलासा
दोलखामा हवाई फायरपछि रोकिएको मतदान पुनः सुरु गर्ने सर्वदलीय सहमति
ओखलढुंगाको मानेभञ्ज्याङ-७ का स्थानीयले गरे मतदान बहिष्कार
सर्लाहीको बलरा-४ स्थित एक केन्द्रमा विवाद, मतदान रोकियो
चितवनमा भोट खसालेपछि हेलिकप्टर चढेर रुकुमपूर्व पुगे प्रचण्ड
होर्मुजको घाँटी हुँदै जाने जहाजमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया