०७ पुस २०८२
काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ गते मै चुनाव हुनुपर्ने बताएका छन् । यस्तै पार्टीको महाधिवेशनविना कांग्रेस चुनावमा नजाने उनको भनाइ छ ।
काठमाण्डौमा बिहान कार्यकर्ताहरूसँगको छलफलमा उनले महाधिवेशन गरेर कांग्रेस फागुन २१ को चुनावमा सहभागी हुने बताएका छन् । चुनावको परिणाम कसको पक्षमा जान्छ भन्नेभन्दा पनि चुनाव गराएर नयाँ जनादेशसहितको संसद र सरकार बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ छ । उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयमै हुनैपर्ने बताए ।
तल्लो तहबाट क्रियाशील सदस्यता सम्बन्धी काममा ढिलाइ भइरहेको प्रति असन्तुष्टि जनाउँदै महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई पार्टीलाई नयाँ दिशा र संरचनामा रूपान्तरण गर्ने अवसर भएको उनको भनाइ छ । आफू १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको घोषणा गर्दै कुनै पनि मूल्य चुकाएर भए पनि चुनावअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने समेत जिकिर गरे ।
समयमै महाधिवेशन र चुनावमार्फत पार्टी र देश दुवैलाई अनिश्चितताबाट बाहिर निकाल्न सकिने उनको भनाइ छ । गएको भदौ २३ गते भएको घटनालाई अकल्पनीय र दुःखद् भन्दै थापाले त्यसलाई इतिहासकै कालो दिनको संज्ञा दिए । त्यस घटनाको राजनीतिक र नैतिक जिम्मेवारी तत्कालीन सरकार, गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्ने उनको भनाई छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया