०७ पुस २०८२
काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ गते मै चुनाव हुनुपर्ने बताएका छन् । यस्तै पार्टीको महाधिवेशनविना कांग्रेस चुनावमा नजाने उनको भनाइ छ ।
काठमाण्डौमा बिहान कार्यकर्ताहरूसँगको छलफलमा उनले महाधिवेशन गरेर कांग्रेस फागुन २१ को चुनावमा सहभागी हुने बताएका छन् । चुनावको परिणाम कसको पक्षमा जान्छ भन्नेभन्दा पनि चुनाव गराएर नयाँ जनादेशसहितको संसद र सरकार बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ छ । उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयमै हुनैपर्ने बताए ।
तल्लो तहबाट क्रियाशील सदस्यता सम्बन्धी काममा ढिलाइ भइरहेको प्रति असन्तुष्टि जनाउँदै महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई पार्टीलाई नयाँ दिशा र संरचनामा रूपान्तरण गर्ने अवसर भएको उनको भनाइ छ । आफू १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको घोषणा गर्दै कुनै पनि मूल्य चुकाएर भए पनि चुनावअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने समेत जिकिर गरे ।
समयमै महाधिवेशन र चुनावमार्फत पार्टी र देश दुवैलाई अनिश्चितताबाट बाहिर निकाल्न सकिने उनको भनाइ छ । गएको भदौ २३ गते भएको घटनालाई अकल्पनीय र दुःखद् भन्दै थापाले त्यसलाई इतिहासकै कालो दिनको संज्ञा दिए । त्यस घटनाको राजनीतिक र नैतिक जिम्मेवारी तत्कालीन सरकार, गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्ने उनको भनाई छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया