२७ असोज २०८३
ककाठमाडौं- नगर बनाउने हुटहुटी बोकेका, स्वास्थ्य क्षेत्रमा चमत्कार गरिरहेका गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले अब स्वास्थ्यकर्मीलाई विरामीको घर घरमा पठाउने भएका छन्।
जेष्ठ नागरिक, अशक्त र अपांगहरुलाई उनीहरुको घरमै गएर उपचार गराउनका लागि मेयर रिसालले मंगलबार नगर अस्पताललाई २ वटा स्कूटर हस्तान्तरण गरेका छन्। उनले अब यो साधनको भरपूर प्रयोग गर्दै जनताको स्वास्थ्य उपचारका लागि घर घर पुग्न स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिए ।
मेयर रिसालको यो कदम केवल एउटा साधारण कार्यक्रम मात्र होइन, यो नागरिकप्रतिको गहिरो उत्तरदायित्व हो। गोकर्णेश्वरले आफ्ना नागरिकको निःशुल्क स्वास्थ्य बीमा गराएको छ भने बीमाको १ लाखको सीमारेखाले नपुग्ने ठूला रोगका लागि नगरपालिकाको आन्तरिक स्रोतबाट थप १ लाख रुपैयाँसम्म सोझै उपचार खर्च उपलब्ध गराउँदै आएको छ।
त्यति मात्र होइन, गरिब तथा विपन्न बिरामीहरूका लागि एम्बुलेन्स सेवादेखि अक्सिजन सिलिन्डरसम्म पूर्ण रूपमा निःशुल्क गरिएको छ। गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा यति लोभलाग्दो काम गरिरहेको छ की लगातार २ वर्ष उत्कृष्ट पालिका घोषित भएको छ । दर्जनौँ ठूला अस्पतालहरूसँग सम्झौता गरेर आफ्ना नगरबासीको निःशुल्क उपचारको प्रबन्ध मिलाएको यो पालिकाले आफ्नै नगर अस्पताललाई पनि सुविधा सम्पन्न बनाएको छ।
कुनै समय आधारभूत स्वास्थ्य सेवामा सीमित रहेको गोकर्णेश्वर नगर अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकहरूको बाढी नै आएको छ। मंगलबार मात्रै एकैपटक थप ५ जना विशेषज्ञ डाक्टरलाई स्वागत गरेका मेयर रिसालले अस्पतालमा डाक्टरको कुल संख्या २२ पुर्याएका छन्। उनीहरुलाई स्वागत गर्दै मेयर रिसालले जनताको सेवामा समर्पित हुन मात्रै आग्रह गरेनन् जनताको घरसम्मै पुगेर स्वास्थ्य सेवा दिन समेत अपिल गरे ।
नगर अस्पतालमा अहिले यस अस्पतालमा हाडजोनी तथा नसा रोग, छाला तथा यौनरोग, स्त्री तथा प्रसूति रोग, बाल रोग, आँखा रोग, नाक, कान, घाँटी र मुटु रोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध भइरहेको छ। साथै, रोगको सही पहिचानका लागि अत्याधुनिक ल्याब र रेडियोलोजी सेवा समेत सञ्चालनमा आएपछि स्थानीयहरू बाहिरका महँगा अस्पताल धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन्। अस्पतालको यो सेवा र मेयरको सक्रियता देखेर स्थानीय बासिन्दाहरू निकै हर्षित र गदगद देखिएका छन्।
इच्छाशक्ति भयो भने स्थानीय सरकारले कतिसम्म जनमुखी र क्रान्तिकारी काम गर्न सक्छ भन्ने गतिलो प्रमाण गोकर्णेश्वर नगरपालिकाले दिएको छ । नागरिकको घर–घरमा स्वास्थ्यकर्मी पुर्याउने स्कूटर अभियान होस् वा १४ जना भन्दा बढी विशेषज्ञ डाक्टरसहितको नगर अस्पताल— मेयर दीपक रिसालको यो मोडलले देशभरका अन्य स्थानीय तहहरूलाई समेत गतिलो पाठ सिकाइएको छ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया