१३ माघ २०८२
काठमाडौं - नेपाल पुलिस क्लबलाई हराउँदै न्यू डायमण्ड स्पोट्स क्लब छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२० ले जित निकाल्यो ।
डायमण्ड तीन खेलबाट ९ अंकसहित फाइनलमा पुगेको हो । अब एपीएफ, थाइल्यान्ड क्विन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन् । पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार व्यहोरेको छ ।
यसअघि, आजै भएको खेलमा थाइल्यान्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । थाइल्यान्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१६ ले सहज जित निकालेको हो ।
अब पुरुषतर्फको खेल पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सबीच सुरु हुनेछ । त्यसपछि गण्डकी र पुलिस भिड्नेछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।
सिंगल राउन्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।
सार्थक बन्यो बालेनको गर्जन र शिशिर दौडधुप, जलवायू क्षति–नोक्सानीबाट नेपालले तत्कालै ३ अर्ब पाउने
दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
कांग्रेसले वरिष्ठ उपसभापतिसहित पदाधिकारी संख्या बढाउने, केन्द्रीय सदस्य पनि थप्ने
सरकारकै साहयतामा अब प्रत्येक नेपालीको आफ्नै घर बन्ने, ७५ हजार अनुदान, ५ लाख भुत्तानीमा घर निर्माण, के छ नयाँ भवन ऐनमा ?
दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन गरिँदै
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय अध्ययन समिति गठन
राष्ट्रपति र सभामुखबीच भेटवार्ता
मन्त्री सहरहको हैसियतका कुमार बेन जो लिदैनन् तलव भत्ता र चढ्दैनन् सरकारी गाडी, यी हुन प्रधानमन्त्री बालेनका २५ सल्लाहार र सचिवालय सदस्य
गगन सभापति बन्दा को को बन्दैछ महामन्त्री ?कांग्रेसमा ४४ हजार युवा आउँदैछन् नेतृत्वमा
हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग
प्रतिक्रिया