१३ माघ २०८२
काठमाडौं - नेपाल पुलिस क्लबलाई हराउँदै न्यू डायमण्ड स्पोट्स क्लब छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२० ले जित निकाल्यो ।
डायमण्ड तीन खेलबाट ९ अंकसहित फाइनलमा पुगेको हो । अब एपीएफ, थाइल्यान्ड क्विन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन् । पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार व्यहोरेको छ ।
यसअघि, आजै भएको खेलमा थाइल्यान्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । थाइल्यान्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१६ ले सहज जित निकालेको हो ।
अब पुरुषतर्फको खेल पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सबीच सुरु हुनेछ । त्यसपछि गण्डकी र पुलिस भिड्नेछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।
सिंगल राउन्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया