Search Form Always Available
logo.png शनिबार, २८ असार २०८२

चर्चामा:

अप्रिलमा पर्यटकको ओइरो, भित्रिए एक लाख १६ हजार विदेशी

बलियो सरकारको हलुका नीति तथा कार्यक्रम, यस्ता छन् मुख्य ११ बुँदा

राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, किन गरियो स्ट्याण्डर्ड चार्टर्डलाई पौने १५ करोड जरिवाना ?

कुलमानका कमजोरी औल्याउँदै हितेन्द्रले जारी गरे स्वेतपत्र, सम्पत्तिको गलत तथ्यांक दिइएको आरोप

अब बैंक तथा वित्तीय संस्थामा श्रम ऐन नलाग्ने

बालयौन दुरुपयोगमा दोषी ठहर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

कीर्गिस्तानविरुद्ध नेपालको संघर्षपूर्ण जित

३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता

ठमेल काण्डः अखिल नेतालाई उन्मुक्ति दिन प्रहरीसँग खोसिएको थियो पक्राउ लिष्ट

ओलीको उद्घोष- अबको १७ महिना तोप हाने पनि सरकार ढल्दैन

डीएनए खबर

डीएनए खबर

०५ फागुन २०८१

दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १७ महिना तोप नै हाने पनि सरकार नढल्ने दाबी गरेका छन् । 

सोमबार लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढल्छ भनेर अनावश्यक हल्ला चलाएर अस्थिरतामा मलजल नगर्न आग्रह गरेका छन् । आफूले अबको १७ महिना मात्रै सरकारको नेतृत्व गर्ने र त्यसपछि सहजै रूपमा गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने ओलीको स्पष्टोक्ती छ । 

उनले भने,‘अब महिना पनि बाँकी छैन, त्यसपछि शेरबहादुरजीलाई दिने हो, कसैले हल्ला गर्नुपर्दैन । म छिटो फलफूल पकाउने औषधि राखेर पकाएजस्तै पकाउनुपर्ने मान्छे होइन, १७ महिना तोप हाने पनि सरकार ढल्दैन, त्यसपछि केही बल गर्न पर्दैन, मैले राजीनामा दिन्छु शेरबहादुरजीलाई हस्तान्तरण गर्छु, कांग्रेस एमालेबीच कुनै आशंका छैन, स्थिरता दिन दुई तिहाइ नजिकको सरकार छ ।’

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली धेरै देश संकटमा परेकाले मुख्य प्रतिस्पर्धी रहेका दुई ठूला मुख्य दल मिलेर सरकार चलाउनुपरेको बताए । ‘सबैतिर निराशा भयो, अस्थिरताले सबै अस्तव्यस्त भयो, अर्थतन्त्र संकटमा परो, युवा शक्ति सबै बाहिर गए, त्यही संकट टार्न दुई दलको सहकार्य भएको हो’ उनले भने, ‘कांग्रेस एमाले अन्य दललाई समेत मिलाएर अघि बढेका छौँ, हामी कसले शासन गर्ने भन्ने विषयमा अलमल पर्दैनौ ।’

उनले संविधान संशोधन केही बिगार्न नभई थप परिष्कृत गर्नका लागि गर्न खोजिएको बताए । ‘संविधान मास्न होइन, थप परिष्कृत गर्न खोजिएको हो पुराना कानुन हटाएर पुराना कानुन हटाउने हो, कुनै प्रकारका भ्रममा नपरी आफ्नो प्रदेशको विकासमा केन्द्रित हुनुहोस् ।’

ओलीले अहिले हल्ला चलाएजस्तै आफू कसैको पाटी फुटाउन र जुटाउन नलागेको बताएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गदै भने, ‘कतिपयले हल्ला गरेका पार्टी फुटाउँदै छन् भनेर तर त्यो कल्पना बाहिरको कुरा हो । हामीलाई त्यो फुर्सद छैन हामी पाटी फुटाउने होइन देश बनाउन हिँडेका हौँ, सरकार ढल्छ भनेर हल्ला अनावश्यक गरिएको छ, यो हल्ला चलाएर अस्थिरता बढाउनेको भद्दा मजाक हो । अब युवाहरू यही बसेर देश बनाउनुपर्छ अरूको देश बनाएर केही हुँदैन, आफ्नो देश बनाउने हो, पुर्खाले बनाएको इतिहास नयाँ पिँढीलाई बताऔँ ।’

प्रधानमन्त्री ओलीले संघीयतामाथि प्रश्न उठिरहेका बेला लुम्बिनीले सुरु गरेका कामले धेरैलाई सकारात्मक सन्देश दिएको बताएका छन् । धेरै प्रदेशमा प्रदेश सभा कहाँ राख्ने ? मुख्यमन्त्री कार्यालय, मन्त्रालय र अरू कार्यालय कहाँ राख्ने भनेर खोजिरहेको बेला लुम्बिनीमा सबै संरचना निर्माण गरेर एकै क्षेत्रमा व्यवस्थित गरेर आँट गरेर काम गर्न सकिन्छ भन्ने सन्देश दिएको उनको भनाइ छ । उनले राजधानी क्षेत्र कसरी बनाउन सकिन्छ र कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सन्देश लुम्बिनीले दिएको बताए ।

प्रधानमन्त्री ओलीले संघीय सरकारले बनाउन नसकेको सबैभन्दा ठूलो अस्पताल निर्माण गरेर लुम्बिनीबाट नयाँ सन्देश दिएको बताए ।  ‘प्रदेश सरकारले १२ सय शय्याको बेड बनाउन थालेको छ, केन्द्र सरकारले १ हजार शय्याको चलाउन सकेको छैन तर यति ठूलो योजना यहाँ थालिएको छ । चलाउन सकिन्छ कि नाइँ, यहाँ त्यसको सेवाग्राही हुन्छन् कि नाइँ भन्ने थियो तर जे काम नयाँ सुरु हुन्छ लुम्बिनीबाट हुन्छ, यति ठूलो आयोजना प्रदेश एक्लैले गर्न सक्दैन, अब तीनै तहका सरकार मिलेर विकास निर्माणका काम अघि बढाउनुपर्छ एक अर्कोका योजना अघि थालिनुपर्दछ ।’ उनले योजनाको प्रशंसा गर्दै भने ।

प्रतिक्रिया

ट्रेन्डिंग

1

अप्रिलमा पर्यटकको ओइरो, भित्रिए एक लाख १६ हजार विदेशी

2

बलियो सरकारको हलुका नीति तथा कार्यक्रम, यस्ता छन् मुख्य ११ बुँदा

3

राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, किन गरियो स्ट्याण्डर्ड चार्टर्डलाई पौने १५ करोड जरिवाना ?

4

कुलमानका कमजोरी औल्याउँदै हितेन्द्रले जारी गरे स्वेतपत्र, सम्पत्तिको गलत तथ्यांक दिइएको आरोप

5

अब बैंक तथा वित्तीय संस्थामा श्रम ऐन नलाग्ने

6

बालयौन दुरुपयोगमा दोषी ठहर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

7

कीर्गिस्तानविरुद्ध नेपालको संघर्षपूर्ण जित

8

३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता

9

ठमेल काण्डः अखिल नेतालाई उन्मुक्ति दिन प्रहरीसँग खोसिएको थियो पक्राउ लिष्ट

10

श्रीमान अष्ट्रेलियामा, श्रीमती हनी ट्रयापिङको धन्दामा, होटल पुगेर १० लाखको बार्गेनिङपछि खुल्यो पोल

थप समाचार

Post Image

गुण्डा नाइके सिध्याउन प्रहरीले निकाल्यो लिस्ट, हतकडीले नसुध्रिए गोली ठोक्ने !

Post Image

अत्यासलाग्दो अनुचित लेनदेन, उजुरीमात्रै २० हजारभन्दा धेरै

Post Image

भारतमा नेपाली छात्राको मृत्यु प्रकरण: अन्य नेपाली विद्यार्थीलाई पनि कलेजले निकाल्यो

Post Image

बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि आइपुग्यो नेपाल

Post Image

सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक, एकै महिनामा दुर्घटनामा परेर १९९ जनाको मृत्यु

Post Image

सर्वोच्चले झिकायो गिरीबन्धुको मिसिल, ओलीलाई भन्यो-अवहेलनामा कारबाही किन नगर्ने ?

Post Image

तुवाँलोले भरियो काठमाडौं, सतर्क रहन अपिल

Post Image

दुई लाख नाघे एक करोडदेखि एक अर्बसम्मका कम्पनी

Post Image

पत्रकारको प्रश्नबाट सूर्य थापा आजित, भन्छन्- मलाई हनुमान, प्रधानमन्त्रीलाई हिटलर भन्ने ?

Post Image

ओलीको उद्घोष- अबको १७ महिना तोप हाने पनि सरकार ढल्दैन

Post Image

उपेन्द्रको बार्गेनिङले रोकियो अध्यादेश, गृहमन्त्री र मुख्यमन्त्री मागेपछि झस्किए ओली देउवा

Post Image

१ लाख १० हजार बचत भएका रविले कहाँबाट ल्याए २ करोड ७९ लाख धरौटी ?

Post Image

५४ लाख धरौटीमा चितवनबाट पनि छुटे रवि, के छ आदेशमा ?

Post Image

अडानीलाई विमानस्थल सुम्पिन कानुन नै परिवर्तन, ओली-देउवा-प्रचण्डबीच एकवर्ष अघि नै सहमती

Post Image

ओलीको धोखापछि रविको शरणमा वामदेव, रास्वपा प्रवेश गर्न उचाले खुट्टा, के भन्छ रास्वपा ?

Post Image

त्रासमा प्रचण्ड : जर्नादनविरुद्ध उत्रिन जारी गरे उर्दी, पूर्व उपराष्ट्रपतिलाई पनि गराए सक्रिय