१९ असार २०८३
काठमाडौं- सरकार गठन भएको सय दिनपुगेसँगै, अझै आक्रामक ढंगले काम गर्ने योजना बनेसँगै प्रधानमन्त्री बालेन शाहले मन्त्रीसँगै आफ्नै सचिवालय सदस्य समेत हेरफेर गर्ने तयारी गरेका छन् । हालै सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट जिम्मेवारी पाएकाहरुलाई पार्टीकै काममा केन्द्रित गराउने गरी बालेनले सचिवालय सदस्य हेरफेरको तयारी गरेका छन् ।
रास्वपाको चितवनमा भएको पहिलो महाधिवेशनबाट प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असीम शाह सह–महामन्त्री निर्वाचित भएका छन् भने नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल केन्द्रीय सदस्य बनेका छन्। उनीहरूलाई सचिवालयबाट बिदा गरेर पार्टीको काममा केन्द्रित गराउने प्रधानमन्त्री शाहको योजना छ। उनले प्रमुख स्वकीय सचिव सुवास शर्मालाई पनि बिदा गर्न चाहेको सचिवालयका ती सदस्यले दाबी गरेका छन् ।
उनका अनुसार राहदानी छपाइ ठेक्का प्रकरणमा असीम र सुदीपको भूमिकामाथि प्रश्नको उठेको छ भने सुवास शर्माको गतिविधि पनि प्रधानमन्त्री शाहलाई चित्त बुझेको छैन् । ती सदस्यका अनुसार मन्त्रालयमा सचिव भन्दामाथि स्वकीय टिम खडा गर्ने निर्णय गरेका प्रधानमन्त्री शाहले सचिवालयका लागि पनि योग्य टिम निर्माणको गृहकार्य गरिरहेका छन्। सय दिन पुरा भएसँगै अब थप आक्रामक ढंगले काम गर्ने तयारी सहित बालेन टिम फेर्ने मूडमा पुगेको स्रोतको दाबी छ । बहालवाला कर्मचारीमाथि निर्मम देखिएका प्रधानमन्त्री बालेन अवकाशप्राप्त केही पूर्वसचिवलाई सचिवालयमा ल्याउन सकरात्मक देखिएको बताइएको छ । केही विज्ञहरूसँगै केहि पूर्व सचिव पनि आउने बताइएको छ । तर, सम्भावित नाम भने खुलाइएको छैन् ।
यस्तै सय बुँदे सूची र कार्यसम्पादन मूल्यांकनका आधारमा मन्त्री पनि परिवर्तन गर्ने प्रधानमन्त्री बालेन शाहको तयारी छ । बालेन क्याबिनेटमा रहेका १६ जना मन्त्रीमध्ये स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादव, सूचना तथा सञ्चारमा विक्रम तिमिल्सिन, महिला तथा बालबालिकामा सीता वादी लगायतको कार्यसम्पादनमा प्रधानमन्त्री असन्तुष्ट देखिएका छन्। मेहता, चौधरी र तिमिल्सिना चैत १३ मै मन्त्री बनेका थिए भने गौरीले चैत २७ मा मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।
उनीहरुमध्ये केहि मन्त्री परिवर्तन गर्ने तयारी भएको स्रोतले जनाएको छ । रास्वपाको महाधिवेशनमा पदाधिकारीका आकांक्षीलाई ब्याक गराउन सभापति लामिछानेले केही सांसदहरूलाई मन्त्रीको वचन दिएको रास्वपाभित्र चर्चा छ। सांसद गणेश पराजुली, समीक्षा बास्कोटा लगायतलाई मन्त्री बनाउने तयारी भइरहेको रास्वपाका नेताहरू नै बताउँछन्।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया