०९ असार २०८३
काठमाडौं- पार्किङ स्थलबाटै ट्यांकर गायब त्यो पनि पुरा २० हजार लिटर तेल बोकेको । सुन्दै अचम्म लाग्ने गरी पेट्रोलियम पदार्थको ट्यांकर चोरी भएको यो घटना अन्तको होइन,हाम्रै नेपालको हो ।
नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका कर्मचारी, चालक र ढुवानीकर्ताको मिलेमतोमा डिपोको पार्किङस्थलबाट २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर गायब गरिएको छ । आयल निगमको विराटनगर डिपोमा कार्यरत कर्मचारीको मिलेमतोमा विराटनगर कञ्चनवारीस्थित चारैतिरबाट घेरिएको अग्लो पार्किङस्थलमा रहेको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको २० हजार लिटर पेट्रोल भरिएको ट्यांकर गायब गरिएको थियो । सोमबार बिहान सुनसरीको भोक्राहानरसिँह गाउँपालिका– ८ स्थित हुलाकी सडकखण्डमा प्रहरीले ट्यांकर बरामद गरेपछि तेल चोरीको घटना बाहिरिएको हो ।
भारतको सिलगुढीबाट २० हजार लिटर पेट्रोल लिएर आएको ट्यांकर आइतबार राति ८ बजे निगमको पार्किङस्थलमा प्रवेश गरेको थियो । ट्यांकर निगमको डिपोभित्र रहेको भण्डारणगृहमा तेल खन्याउन पालो कुरेर राखिएको थियो । तर, प्रहरीले सोमबार बिहान ट्यांकर सडक किनारामा फेला पारेको छ । ट्यांकर गायव बनाए पनि तेल भने ८/९ सय लिटर मात्रै चोरी भएको पाइएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । उनका अनुसार कर्मचारी, चालक र ढुवानीकर्तामायसविषयमा छानविन भइरहेको छ । यथार्थ कुरा छानविन पछि नै बाहिर आउने उनको भनाइ छ ।
ट्याङकर चोरी र तेल किनबेचका विषयमा मोरङ प्रहरीले छानविन गरिरहेको छ । अग्लो पर्खाल र सेनाको सुरक्षा व्यवस्थाभित्र रहेको ठुलो पार्किङस्थलबाट तेल भरिएको ट्यांकर राति हराउनु र बिहान फेला पर्नुले घटना नियोजित रहेको हुन सक्ने प्रहरीको आशंका छ ।
विगतमा पनि यस्तो घटना हुने गरेकाले यस विषयमा सुक्ष्म अनुसन्धान थालेको प्रहरीले जनाएको छ । हाल सुनसरी मोरङ क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । विगतमा हुने यस्ता चोरीको तेल पेट्रोलपम्पहरूलाई सस्तो भाउमा बिक्री गर्ने गरेको भेटिएको थियो । त्यसैले, यसपटक पनि हराएको ठुलो परिमाणको पेट्रोल अनधिकृत रूपमा कुनै पम्पलाई बेचेको आशंका छ । किनभने, यति ठुलो परिमाणको पेट्रोल सानातिना खुद्रा विक्रेताले खरिद गर्न सम्भव हुँदैन ।
निगमको विराटरनगरस्थित प्रादेशिक डिपोको पार्किङस्थलबाट यसअघि २०७८ भदौ १३ गते राति पनि तेल भरिएको ट्यांकर चोरी भएको थियो । २०७५ मा दुईपटक र ०७७ मा एकपटक पार्किङस्थलबाटै भरिएको ट्यांकर चोरी गरेर तेल गायब गरिएको थियो । तर, यस्ता घटनामा निगम कर्मचारीलाई उन्मुक्ति दिने गरिएको छ । जसकारण चोरीका घटना बारम्बार भइरहेको प्रहरीको आशंका छ । विराटनगर डिपोमा यसअघि भारतको बिहारस्थित बरौनी रिफाइनरीबाट इन्धन ढुवानी गर्दा पटक–पटक भारतमै तेल बेचेर खाली ट्यांकर मात्रै ल्याउने गरेका घटना थिए । अहिले बरौनीबाट तेल आयात रोकिएपछि कर्मचारीको मिलेमतोमा डिपोभित्रबाटै ट्यांकर चोरेर तेल बेच्ने गिरोह सक्रिय भएको प्रहरीको आशंका छ ।
५ दिनभित्र होल्डिङ सेन्टर छाडेर आफ्नो व्यवस्था आफैँ गर्न सुकुमबासीलाई निर्देशन
कसैलाई पनि उम्मेदवारीबाट वञ्चित गराइँदैन : रवि लामिछाने
बातै पिच्छे राजेन्द्र लिङ्देनलाई लखेट्दै ज्ञानेन्द्र,रास्वपाको भोटमा र्याल नचुहाउन दिए चेतावनी
पार्किङ स्थलबाटै तेल ट्यांकर गायव बनाएर लुट, निगमको सेटिङमै चोरियो हजारौं लिटर पेट्रोल
सुकुम्बासी नेता विष्णु पौडेलको भेटियो अर्बौको सम्पत्ति, ३० वर्षमा ८ पटक मन्त्री
रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने
आरजुसहित २० कर्मचारीविरुद्ध मुद्दा चलाउदै अख्तियार , यसरी भएको थियो पासपोर्ट ठेक्कामा अर्ब घोटाला
भाग नपाएपछि अमरेशले बहिष्कार गरे महाधिवेशन,मागेका थिए उपसभापति वा महामन्त्री पद
११ महिनामै ३८ अर्बको धानचामल आयात
रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि
प्रतिक्रिया