०९ पुस २०८२
काठमाडौँ - विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेसका २४ सांसदले हस्ताक्षर गरेका छैनन् । प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्दै ६५ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
यी हुन् प्रतिनिधिसभा पुनर्स्थापना माग्ने कांग्रेसका ६५ सांसद (नामावलीसहित)
मंसिर २३ गते विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे सचेतक सुशीला थिङसहित ८ सांसदले पुनर्स्थापना माग्दै रिट दायर गरेकोमा त्यही रिटमा मंगलबार ५७ सांसदले पूरक रिट दर्ता गरेका हुन् । त्यो रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ बुधबार सकिएको छ ।
पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्नेमा सभापति शेरबहादुर देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा इतर समूहका नेता डा शेखर कोइरालासहितका नेताहरू छन् ।
यी हुन् हस्ताक्षर नगर्ने सांसदहरू
१. अर्जुन नरसिंह के.सी.
२. डा. आरजु राणा
३. उदय शमशेर राणा
४. कुसुमदेवी थापा
५. गगन कुमार थापा
६. दिक्पाल कुमार शाही
७. धनराज गुरुङ
८. पूर्ण बहादुर खड्का
९. प्रतिमा गौतम
१०. प्रदीप पौडेल
११. मुक्ता कुमारी यादव
१२. मैना कार्की
१३. मोहन बहादुर बस्नेत
१४. योगेश गौचन थकाली
१५. लिलादेवी वोखिम ९लिम्बू०
१६. विमलेन्द्र निधि
१७. विश्वप्रकाश शर्मा
१८. डा. शेखर कोइराला
१९. शेर बहादुर देउवा
२०. सपना राजभण्डारी
२१. सिता मिजार
२२. सुरेन्द्र राज आचार्य
२३. संजय कुमार गौतम
२४. हृदयराम थानी
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया