२९ मंसिर २०८२
काठमाडौं- नेकपा एमालेमा प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका केपी शर्मा ओली र इश्वर पोखरेल दुबैले आफ्ना उम्मेदवरहरुको टुंगो लगाएका छन् । अध्यक्ष केपी ओलीको संस्थापन पक्षले १९ जना पदाधिकारीकै नाम टुंगो लगाउदा इश्वर पक्षले पनि केहि बाहेक अधिकांश उम्मेदवारहरुको नाम टुंग्याएको छ ।
संस्थापन पक्षबाट अध्यक्षमा केपी शर्मा ओली उपाध्यक्षहरुमा बिष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको हो । महासचिवमा शंकर पोखरेललाई दोहोर्याउने गरी ओलीले उम्मेदवार बनाउने भएका छन् ।
३ जना उप महासचिवमा रघुवीर महासेठ, भानुभक्त ढकाल र बिष्णु रिमालको नाम टुंगिएको हो । ९ सचिवका उम्मेदवारमा लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल बिश्वकर्मा, खगराज अधिकारी यामलाल कडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराईको नाम टुंगो लागेको छ ।
ओलीविरुद्ध मैदानमा उत्रिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । उनको टिमबाट उपाध्यक्षमा गोकर्ण बिष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालको नाम टुङ्गिएको छ भने एक पद बाँकी छ । त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुङ्ग्याइएको छ । बुटवलमा भएको नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग १५ मतले महासचिवमा हारेका पाण्डे १० वर्षपछि उनकै टिमबाट महासचिवमा उमेदवार बनेका हुन् ।
उपमहासचिवमा योगेश भट्टराईको नाम तय भएको छ भने दुई उपमहासचिवको टुंगो लाग्न बाँकी छ । सचिवमा भने कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गरिएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया