२४ पुस २०८२
काठमाडौँ - नेपाली कांग्रेसका नेताद्वय डा।शेखर कोइराला र डा।मिनेन्द्र रिजालले पार्टीलाई एक ढिक्का राख्ने पहल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बिहीबार बिहान देउवा निवास बुढानीलकण्ठमा पुगेर नेताद्वय डा।कोइराला र रिजालले पार्टीलाई एक ढिक्का राख्ने पहल गर्न आग्रह गरेका हुन् ।
भेटमा सहभागी डा. रिजालले पार्टी एकताबद्ध रहोस्, त्यसका लागि पहल गर्नुस् भन्ने सुझाव आफूहरूले सभापतिलाई दिएको जानकारी दिए । ‘पार्टी एकताबद्ध रहोस् भन्ने हो, हामीले सभापतिलाई त्यही भन्यौँ,’ डा. रिजालले रातोपाटीसँग भने– ‘सभापतिलाई यो भन्दै गर्दा विशेष महाधिवेशन पक्षधरले पनि गज्जब काम गर्नुभएको छ भन्ने होइन ।’
डा।रिजालले आफूहरू कसैको पक्षपोषणमा नरहेको पनि बताए । कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् । केन्द्रीय कार्यालयले नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य सकिएको बताएको छ ।
दुवै पक्ष आ–आफ्नो अडानमा रहेका बेलामा नेताद्वय डा।कोइराला र रिजालले पार्टी एकताबद्ध राख्ने पहलकदमी लिन देउवालाई सुझाएका हुन् ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया