२४ पुस २०८२
काठमाडौँ - नेपाली कांग्रेसका नेताद्वय डा।शेखर कोइराला र डा।मिनेन्द्र रिजालले पार्टीलाई एक ढिक्का राख्ने पहल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बिहीबार बिहान देउवा निवास बुढानीलकण्ठमा पुगेर नेताद्वय डा।कोइराला र रिजालले पार्टीलाई एक ढिक्का राख्ने पहल गर्न आग्रह गरेका हुन् ।
भेटमा सहभागी डा. रिजालले पार्टी एकताबद्ध रहोस्, त्यसका लागि पहल गर्नुस् भन्ने सुझाव आफूहरूले सभापतिलाई दिएको जानकारी दिए । ‘पार्टी एकताबद्ध रहोस् भन्ने हो, हामीले सभापतिलाई त्यही भन्यौँ,’ डा. रिजालले रातोपाटीसँग भने– ‘सभापतिलाई यो भन्दै गर्दा विशेष महाधिवेशन पक्षधरले पनि गज्जब काम गर्नुभएको छ भन्ने होइन ।’
डा।रिजालले आफूहरू कसैको पक्षपोषणमा नरहेको पनि बताए । कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् । केन्द्रीय कार्यालयले नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य सकिएको बताएको छ ।
दुवै पक्ष आ–आफ्नो अडानमा रहेका बेलामा नेताद्वय डा।कोइराला र रिजालले पार्टी एकताबद्ध राख्ने पहलकदमी लिन देउवालाई सुझाएका हुन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया