३० पुस २०८२
काठमाडौं - बैंककबाट थाइल्याण्डको उत्तर(पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ ।
समाचार संस्था अलजजिराका अनुसार, थाइल्याण्डको उत्तर(पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
यो दुर्घटना बुधबार बिहान बैंककबाट २३० किलोमिटर उत्तर(पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो। उक्त रेल थाई राजधानी बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ जाँदै थियो।
एउटा उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थान मुनिबाट गुडिरहेको बेला माथि काम गरिरहेको क्रेन भत्किएर रेलमा खसेको थियो ।
क्रेनले ठक्कर दिएपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसलगत्तै केही बेर आगलागी समेत भएको थियो,’ अलजजिराका स्थानीय रिपोर्टरले भनेका छन् ।
उनले थपे, ‘प्रारम्भिक रिपोर्टहरूमा ४ जनाको मात्र मृत्यु भएको भनिएको थियो। तर यो सङ्ख्या चाँडै बढेर १२ पुग्यो। अहिले थाई प्रहरीले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या २२ पुगेको छ र यो अझै बढ्न सक्ने अनुमान गरिएको छ।’
प्रहरीका अनुसार दुर्घटनामा ५५ जना घाइते भएका छन् र अहिले पनि दुर्घटनास्थलमा उद्धार कार्य जारी छ। आगलागीलाई भने नियन्त्रणमा लिइसकिएको स्थानीय प्रहरीले जनाएको छ।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया