२४ असोज २०८२
काठमाडौं - विदेशमा रहेका मतदातालाई पनि आउँदो फागुन २१ गतेको निर्वाचनमा सहभागी गराउन जेनजी अभियान्ताहरुले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
निवेदनमा २०७२ साल चैत ७ गते सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसार विदेशमा रहेका नागरिकहरुलाई आउँदो निर्वाचनमा सहभागी हुने वातावरण मिलाउन अनुरोध गरिएको छ ।
२०७४ सालमा सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन आदेश जारी गरेको थियो । तर, अहिलेसम्म उक्त आदेश कार्यन्वयन भएको छैन ।
निवेदनमा भनिएको छ, ‘विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउन २०७४ सालमा जारी भएको सर्वोच्च अदालतको आदेश ८ बर्ष सम्म पनि कार्यान्वय गरेन । जनतालाई अधिकार दिने र जनताको अधिकार खोस्ने यिनै दुई घटनाले लुटतन्त्रको रवैया स्पष्ट गर्छ ।’
अब लुटतन्त्र ढलेको र सुशासनले दह्रिलो गरी खुट्टा टेक्न बाँकी रहेकाले विदेशमा भएका आम नेपालीलाई आसन्न निर्वाचनमा मतदानको अधिकार सुनिश्चित हुने गरी आवश्यक प्रबन्ध गर्न र नागरिकको अधिकार सुशिश्चित गर्न माग गरिएको छ ।
निवेदकहरुमा उपार्जुन चाम्लिङ, शिव यादव, अफ्साना बानु, प्रदिप पाण्डे, सुप्रिया राज्यलक्ष्मी शाह, खेमराज साउद र आदित्य आचार्य रहेका छन् । निवेदकहरु जेनजी समूहका प्रदेश संयोजकहरु हुन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया