११ जेठ २०८३
काठमाडौं- बिचौलिया लखेटेको बालेन शाह नेतृत्वको सरकारले भ्रष्टहरुलाई पाता कस्न धमाधम पुराना फाइल खोल्ने तयारी गरेको छ । र, नम्बर १ मा परेको छ– नक्कली भुटानी शरणार्थी प्रकरण । मन्त्री कुरेर बसिरहेको गृहमन्त्रालयले नयाँ मन्त्री आए लगत्तै एक्सनमा उत्रिनेगरी योजना तयार पारेको छ । सम्भवत अबको एक साता भित्रैमा राजीनामा दिएका सुदन गुरुङ नै मन्त्रालयको बागडोर सम्हाल्नेगरी फर्किदैछन् ।
छानविन समितिको प्रारम्भिक रिपोर्टले उनमाथिको आरोप पुष्टि हुने आधार नभेटिएको जनाउ दिएको छ। केहि दिनमै अन्तिम रिपोर्ट आएसँगै प्रधानमन्त्री बालेनले सुदनलाई नै गृहमन्त्रीको जिम्मेवारी दिनेगरी तयारी गरेका छन् । र, सुदनले मन्त्रालयको बागडोर सम्हाले लगत्तै नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलिने भएको छ । जुन फाइलले पूर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई तान्ने सम्भावना उच्च छ । नक्कली भुटानी शरणार्थी प्रकरण यो केवल पैसाको लेनदेन मात्र थिएन, यो त आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेश बेच्ने संगठित मानव तस्करी थियो । यो महा तस्करीको जग त्यतिबेला बस्यो, जब रामबहादुर थापा ‘बादल’ देशको गृहमन्त्री थिए ।
गृह प्रशासनको बागडोर सम्हालेका बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई यहि प्रकरणमा पक्राउ मात्रै परेनन् जेल नै चलान भए । उनका उनका छोरा प्रतीक थापा पनि पक्राउ परेर केहि समय जेलमा बसेर धरौटिमा छुटेका छन् । तर, मुख्य जिम्मेवार मानिएका बादल भने अहिलेसम्म अनुसन्धानको घेराभन्दा बाहिरै थिए । उनीसम्म अनुसन्धान पुग्नै लाग्दा फाइल नै बन्द गरिएको थियो । पटक–पटक जोडिए पनि उनी अहिलेसम्म शक्तिको ओत लागेर जोगिँदै आएका थिए । तर, अब भने जोगिने सम्भावना कमजोर छ । किनकी भ्रष्टविरुद्ध आक्रामक बनेको बालेन सरकारले एक एक फाइल खोल्ने र आरोपित जति नै ठूलो भिआइपी भए पनि कसैलाई नछाड्ने नीति लिएको छ ।
एमाले र माओवादि सहितको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जव सर्वोच्च अदालतले २०७७ फागुन २३ गते खारेज गर्यो पुर्व माओवादि लडाकु रहेका बादल एमाले तिर लम्किए । राजनीतिक स्वार्थका लागि एमालेमा प्रवेश गरेका बादलले पार्टीमा कुनै ठूलो लगानी र योगदानविना नै दोस्रो वरीयताको उपाध्यक्ष पद हत्याए । एमालेभित्र उनले बलियो गुट र पकड त बनाए, तर त्यही ’पावर र शक्तिको आड’ मा शरणार्थी प्रकरणको अनुसन्धान उनिसम्म पुग्न दिइएन ।
अघिल्ला सरकारहरूले बादललाई छुन डराए पनि वर्तमान सरकारले भने कसैलाई पनि नछोड्ने संकेत दिएको छ । सरकारले गरिरहेको शरणार्थी प्रकरणको दोस्रो र तेस्रो चरणको अनुसन्धानमा सीआईबीले नयाँ तथ्यहरू फेला पारेको छ । जसमा आरजु राणा देउवादेखि बादलसम्मको कनेक्सन फेला परेको दाबी गरिएको छ । बादल गृहमन्त्री हुँदा गठन गरिएको पन्थी कार्यदलको प्रतिवेदनमा नै केरमेट गरेर नक्कली नामहरू थपिएको प्रमाणले बादलको संलग्नतालाई बलियो आधार दिएको छ ।
छोरा र सल्लाहकार पक्राउ पर्दा पनि मलाई केही थाहा छैन भन्दै पन्छिन खोजेका बादलका लागि अब कानुनको ढोका बन्द हुने देखिन्छ । पछिल्लो समय सत्ता समीकरणमा आएको फेरबदल र भ्रष्टाचार विरुद्धको कडा जनमतका कारण सरकारमाथि ठूला माछाहरू समात्ने दबाब छ । एमालेको ओत लागेर जोगिएका बादल र कांग्रेसको आडमा फुकाफाल रहेका अन्य उच्चपदस्थहरू अब एउटै अनुसन्धानको कसीमा बाँधिने भएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया