२९ कात्तिक २०८३
काठमाडौं- मन्त्री र सांसद उत्पादन गर्ने कारखाना बनेको, नेता ब्यबस्थापन गर्ने अखडाका रुपमा चिनिएको प्रदेश फेरि एक पटक बद्नामीको अवस्थामा पुगेको छ । किनकी मधेश प्रदेशमा चार वर्ष नपुग्दै पाँचवटा सरकार ढलेर छैटौँ सरकार बनाउने प्रक्रिया अगाडि बढेको छ । यो प्रदेशमा जसपा नेपाल, एमाले, कांग्रेस, नेकपा र जनमत पार्टी क्रमशः ठुला दल छन् ।
मधेश प्रदेश सभाको यो कार्यकालले भर्खरै ४६ महिना ९३ वर्ष १० महिना० पार गरेको छ। तर यो अल्पायु अवधिमा प्रदेशले एकपछि अर्को गर्दै ५ जना मुख्यमन्त्री फेरिसकेको छ, र छैटौँ सरकारको दाबी पेस गर्ने दिनगन्ती सुरु भएको छ।
पहिलो सरकारः २०७९ मंसिर ४ को निर्वाचनपछि पुस २७ मा जसपा नेपालका सरोजकुमार यादवको नेतृत्वमा सरकार बन्यो, जो २०८१ जेठ २१ गते ढल्यो।
दोस्रो सरकारः २२ जेठ २०८१ मा जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बने। जेन–जी आन्दोलनको दबाब र दलभित्रको कलहका कारण उनले २०८२ असोज २८ मा राजीनामा दिए।
तेस्रो र चौथो सरकारः २०७९ को निर्वाचनपछि तेस्रो मुख्यमन्त्रीका रुपमा लोसपाका जितेन्द्र सोनलले जिम्मेवारी सम्हाले । तर, उनले विश्वासको मत पाउन नसकेपछि २३ दिनमै राजनीनमा दिए । त्यसपछि चौथो मुख्यमन्त्रीका रुपमा एमालेका सरोजकुमार यादव आए । उनको नियुक्ति यति नाटकीए थियो की प्रदेश प्रमुखलाई नै अपहरण शैलीमा होटेलमा राखेर त्यहि होटलमा उनले मुख्यमन्त्रीको सपथ लिएका थिए । २०८२ कार्तिक २३ गते सपथ लिएका उनले पनि विश्वासको मत पाउन नसकेपछि २४ दिनमै कुर्सी छाड्नु परेको थियो ।
पाँचौँ सरकारः कांग्रेस नेता कृष्णप्रसाद यादवको नेतृत्वमा बनेको सरकार पनि गत महिना अल्पमतमा पर्दै शनिबार राजीनामा दिएर बिदा भयो। २०८२ मंसिर १९ गते नियुक्त भएका उनले अल्पमतमा परेपछि २०८३ कार्तिक २८ गते राजीनामा गरे । एमाले नेकपा जसपा र जनमतको खेलकै कारण यादवको सरकार पनि ढलेको छ ।
अब छैटौ सरकार निर्माण प्रक्रिया अघि बढाइएको छ । संविधानको धारा १६८ ९२० बमोजिम आगामी मंसिर ४ गतेसम्मका लागि नयाँ सरकार गठनको आह्वान गरिएको छ, तर पात्र फेरिए पनि प्रवृत्ति फेरिने कुनै छाँटकाँट छैन।
छैटौँ सरकार गठनको दाबी पेस गर्ने बेला नजिकिँदै गर्दा दलीय जोडघटाउ र दलभित्रको आन्तरिक कलह पनि उत्तिकै तीव्र बनेको छ।
जसपाभित्र दुई धार देखिएको छ । सबैभन्दा ठूलो दल बनेको जसपा नेपालभित्रै कसको नेतृत्वमा सरकार जाने भन्ने विवाद चुलिएको छ। संसदीय दलका नेता सरोजकुमार यादव एमाले र नेकपाको समर्थनमा मुख्यमन्त्री बन्न तम्सिएका छन् भने, पार्टी अध्यक्ष उपेन्द्र यादव भने निर्वाचनअघि सरकारमा जाने पक्षमा छैनन्। जानैपरे जितेन्द्र सोनलको नेतृत्वमा एमालेबाहेकको गठबन्धन बनाउनुपर्ने उनको लाइन छ।
सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचनसम्म सरकारमा नजाने घोषणा गरिसकेको छ। यद्यपि परिस्थिति हेरेर बाहिरबाट समर्थन गर्ने विकल्प खुला राखिएको छ। छठ पर्वको रौनकता सकिनासाथ जनकपुरमा फेरि एकपटक मन्त्री पदको बाँडफाँट र भागबण्डाको खुला खेल सुरु हुने निश्चित जस्तै छ।
आखिर किन बारम्बार यस्तो अस्थिरता दोहोरिरहेको छरु विश्लेषकहरू यसको मुख्य कारण प्रदेशका नेताहरूको अक्षमता मात्र होइन, काठमाडौँका सिंहदरबार केन्द्रित शीर्ष नेताहरूको संकीर्ण स्वार्थलाई मान्छन्। राजनीतिक विश्लेषक चन्द्रकिशोर स्पष्ट टिप्पणी गर्छन्– “नेपालमा लोकतान्त्रिक अभ्यास नै गलत ढंगले भइरहेको छ। प्रदेशका नेताहरू स्वतन्त्र रूपमा निर्णय लिन सक्ने अवस्थामा छैनन्। केन्द्रमा गगन थापा, केपी ओली, पुष्पकमल दाहाल र उपेन्द्र यादवजस्ता शीर्ष नेताहरूले जे निर्णय गर्छन्, प्रदेशमा पनि त्यसैको प्रभाव देखिन्छ। यसको मुख्य जिम्मेवार राजनीतिक दलका शीर्ष नेताहरू हुन्।
संघीयताविद् खिमलाल देवकोटाको आक्रोश पनि उत्तिकै तीखो छः “जेन–जी आन्दोलनबाट भुइँमा पछारिँदा, प्रतिनिधिसभा निर्वाचनमा बढारिँदा पनि पुराना दलहरू चेतेका छैनन्। ’कम्तीमा प्रदेश र स्थानीय तहमा हाम्रै सरकार छन्, काम गरेर देखाऔँ’ भन्ने सोच पुराना दलका नेताहरूमा अझै आएन।“
पुराना दल र नेताहरुको यहि खेलका कारण संघियता नै बद्नाम हुने अवस्थामा पुगेको छ । प्रदेशहरु नेता ब्यबस्थान गर्ने ग्यारेज र मन्त्री उत्पादन गर्ने कारखानाजस्तो मात्रै बनिरहेका छन् ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया