१८ असार २०८३
काठमाडौं- नेपालमा नाफाखोर ब्यापारीहरुले कुन हदसम्म दादागिरी देखाउँदै आएका छन् र उपभोक्तालाई दुःख दिदै कसरी लुट्दै आएका छन् भन्ने कुरा बुधबार फेरि एकपटक छर्लङ्ग देखिएको छ ।
लामो समयपछि सरकारले मंगलबार रातिबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य स्वत्तै घटायो । पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँले मूल्य घटेसँगै फुरुङ्ग भएका आम उपभोत्ता जव तेल हाल्न पेट्रोलपम्प पुगे त्यसपछि भने खङ्ग्रङग भए । किनकी हिजोसम्म महंगोमै भएपनि तेल त पाइएको थियो मूल्य स्वाट्टै घटेसँगै तेल पाउन त परको कुरा खुल्ला पेट्रोल पम्म भेट्न समेत मुस्किल पर्यो ।
मंगलबार आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा भारी मात्रामा घटाएसँगै देशभरका अधिकांश पेट्रोल पम्पहरूमा पेट्रोल छैन भन्ने बोर्ड झुण्डिएका छन् । आफ्नै नाफा जोगाउन पम्प सञ्चालकहरूले तेल नउठाउँदा सर्वसाधारण भने सडकमा अलपत्र परेका छन्। नाफाका लागि उपभोक्तालाई बन्धक बनाउदै पम्पवालाहरुले सटर नै लगाएर दादागिरी देखाएका छन् । यो बानेश्वमार रहेको थ्री ब्रदर्श, तिनकुनेमा रहेको हरिसिद्धिजस्तै काठमाडौंका अधिकांश पेट्रोल पम्महरुमा सटर लगाइएको छ ।
जहाँ उपभोत्ता भौतिरिदै सवारीसाधन लिएर आएका छन् तर पम्ममा सटर लागेको देखेपछि निराश हुँदै फर्किन बाध्य भइरहेका छन् ।
विस्तृत समाचार भिडियोमा
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया