२० असोज २०८३
काठमाडौं - सरकारी ओदाहामा बस्ने, तर राज्य र सरकारविरुद्ध नै भूमिगत खेल खेल्ने१ सुरक्षा निकायको उपल्लो तहमा बसेर राज्यका अतिसंवेदनशील र गुप्त सूचनाहरू बिचौलियालाई बेच्ने ?
बिचौलियासँगको यहि अस्वाभाविक उठबस र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँगको गम्भीर साँठगाँठ भेटिएपछि सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआइजी वंशीराज दाहाललाई निलम्बन गरेको छ। सत्ता ढाल्ने खेलमा सुरक्षा निकायका सूचना प्रयोग भएको र प्रधानमन्त्रीकै गतिविधि बिचौलियालाई पठाएको प्रमाण फेला परेपछि गृहमन्त्री सुदन गुरुङले कडा एक्सन लिँदै एआइजी दाहाललाई निलम्बन गरेर तीन दिने कडा छानबिन अघि बढाएका छन्।
केही दिनअघि जिल्ला प्रहरी परिसर काठमाडौँले अभद्र व्यवहारको मुद्दामा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका निकट मानिने बिचौलिया इनाम सापकोटालाई पक्राउ गरेको थियो। सापकोटाको मोबाइल र ल्यापटप फोरेंसिक अनुसन्धान गर्दा प्रहरी अधिकारीहरू नै चकित परे१ सापकोटाको मोबाइलमा एआइजी वंशीराज दाहालसँग बारम्बार भएका संवाद, सुरक्षा निकायका अत्यन्तै गोप्य विवरण र स्वयम् प्रधानमन्त्रीका दैनिक गतिविधिहरूसमेत म्यासेजमार्फत पठाइएको तथ्य भेटियो। नाताले चोलेन्द्र शम्शेर राणका आफन्तसमेत रहेका एआइजी दाहालले सापकोटामार्फत ती गुप्त सूचनाहरू गत असोज ११ गते प्रहरी सोधपुछमा परेका चोलेन्द्रसम्म पु¥याउने गरेको गृह मन्त्रालयको निष्कर्ष छ।
आगामी असोज २८ गते चारवर्षे पदावधि सकिनै लाग्दा एआइजी दाहालको पदावधि एक वर्ष थप्ने प्रक्रिया गत साता मात्र अघि बढाइएको थियो। तर, पदावधि थपिने ऐन–प्रावधानको संघारमै उनी राज्यविरुद्धको देशद्रोहसरहको गम्भीर छानबिनको घेरामा तानिएका छन्। अब उनको म्याद थप होइन, बर्खास्ती र जेल यात्राको बाटो सोझिएको छ।
यसैबीच गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र सुरक्षा निकायभित्र लामो समयदेखि चल्दै आएको ’सूचना किनबेच’ को सञ्जालमाथि कडा चेतावनी दिएका छन्। राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन। पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई छैन। राज्यले सुम्पिएको गोपनीयतामाथि विश्वासघात गर्ने जोसुकै होस्, उन्मुक्ति पाउने छैन— सीधा कानुनको कठघरामा उभ्याइनेछ।“
यो घटना केवल एकजना एआइजीको निलम्बन वा पदावधि नथपिने विषय मात्र होइन। यो त राष्ट्रिय सुरक्षा संयन्त्रभित्र बिचौलिया र शक्ति केन्द्रहरूको पहुँच कतिसम्म गहिरो छ भन्ने भयानक दृष्टान्त हो।
सशस्त्र प्रहरीका बहालवाला एआइजीमाथिको यो कारबाहीले संगठनभित्र र राज्यका निकायहरूमा नयाँ तरंग पैदा गरेको छ। सूचना बेचेर राज्यमाथि घात गर्नेहरूका लागि यो एउटा पाठ बनेको छ। वर्दी र पदको आडमा राज्यको गोप्य सूचना बिचौलियाको हातमा बेच्ने र शक्ति केन्द्रसँग साँठगाँठ गर्ने प्रवृत्ति राष्ट्रिय सुरक्षाका लागि क्यान्सर सरह हो। गृहमन्त्री सुदन गुरुङले एआइजी वंशीराज दाहालमाथि चालेको यो कडा कदम स्वागतयोग्य छ। तर, यो कारबाही सूचना बेच्ने सिङ्गो बिचौलिया गिरोह र यसका नाइकेहरूसम्मलाई हुन जरुरी छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया