०६ चैत २०८२
काठमाडौं- अबको ठिक एक हप्तामा पूर्व मेयर बालेन शाह देशको प्रधानमन्त्री बन्ने करिव निश्चित भएको छ । मेयरबाट एकैपटक प्रधानमन्त्रीमा जम्प गर्न लागेका बालेनका विषयमा रास्वपा भित्र सर्वसहमति भएपनि गृहमन्त्रीमा भने विवाद उत्पन्न भएको छ ।
झन्डै दुईतिहाइको जनादेशसहित सरकार गठन तयारीमा जुट्दै गर्दा गृह मन्त्रालय सम्हाल्ने र तत्काल पूरा गर्नुपर्ने कार्यभार र चुनौती विषयले रास्वपामा तनाव बढेको छ । जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनदेखि ‘फास्ट एक्सन’ अनुभूति दिलाउने भएकाले गृह मन्त्रालयको नेतृत्व लिने विषयमा रास्वपाभित्रै विवाद छ । गृह मन्त्रालय सम्हाल्ने विषयमा पार्टीभित्र सम्भावित उम्मेदवारको नाममा विवाद भएको हो । रास्वपा उपसभापति डीपी अर्याल र सहमहामन्त्री सुनिल लम्साललाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।
रास्वपा सभापति रवि लामिछानेनिकट समूहले उपसभापति अर्याललाई गृहमन्त्रीका रूपमा अगाडि सारेका छन् भने अर्याल नेतृत्वले पार्टीभित्र बरीयतासमेत सहज हुने व्याख्या छ । प्रधानमन्त्रीका रूपमा निर्विवाद अगाडि सारिएका शाह भने अनुकूल युवा र ऊर्जाशील टिम बनाउने तयारीमा छन् । उनले लम्साल, सस्मित खरेल र राजुनाथ पाण्डेसमेतको नाम सम्भावित सूचीमा राखेर छलफल चलाएका हुन् ।
प्रधानमन्त्रीका रूपमा आफू रहँदै गर्दा शतप्रतिशत विश्वास गर्नसक्ने बालेनका ‘राइट ह् यान्ड’ रुपन्देही क्षेत्र नम्बर–१ बाट जितेका लम्साल हुन् । ‘बालेन शैलीमै चुपचाप परिणाम निकाल्ने व्यक्ति’ भनेर चर्चा गरिने लम्सालपछिका पोखरेल पनि उत्तिकै सम्भावित व्यक्ति हुन् । काठमाडौं महानगरपालिकामा पूर्वाधार विज्ञका रूपमा रहेका लम्साल र शिक्षाविज्ञ पोखरेल ‘एक्सन ओरियन्टेड’ र ‘स्किल फुल डेलिभरी’को विशेषताले शाहको रोजाइमा छन् । बालेन नेतृत्वको मन्त्रिपरिषद्का लागि सम्भावित सबै मन्त्री विषयमा करिबकरिब सहमति जुटिसके पनि गृह मन्त्रालयमै सहमति नजुटेको खण्डमा बालेन प्रधानमन्त्री र रवि गृहमन्त्री भएर जानसक्ने सम्भावना पनि छलफलमा आएको छ ।
तर, सर्वोच्च अदालतबाट फौजदारी र संगठित अभियोग फिर्ता लिने विषय टुंगो नलागेका कारण यो विकल्प सफल हुनेमा रास्वपा नेता स्वयं संशयमा छन् । संकटका बेला पार्टी जोगाएर आएका उपसभापति अर्याललाई गृहमन्त्रीमा रोक्दै लम्साल वा पोखरेल गृहमन्त्री हुने अवस्था आए लामिछाने नै अघि सर्नुपर्ने प्रस्ताव बोकेर उपसभापति अर्याल उभिने सम्भावना रहेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया