१३ भदौ २०८२
काठमाण्डौ – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आएको अनुदान बढाउन माग गरेका छन् । उखु किसानलाई दिइँदै आएको अनुदान कटौती भएको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आजको बैठकको शून्य समयमा सांसद गङ्गाकुमारी बेल्वासेले उखु किसानलाई विगतमा दिइँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
सांसद गोपाल भट्टराईले बाढी र पहिरोका कारण अवरुद्ध छिमेकी देश चीनसँगको तातोपानी र रसुवागढी नाका चाँडो सञ्चालनमा ल्याउन पहल गर्न सरकारसँग माग गरे । उनले कोरला नाका सञ्चालनमा ल्याउनसमेत सरकारको ध्यानाकर्षण गराए ।
सांसद जगप्रसाद शर्माले सत्य निरूपण तथा बेपत्ता व्यक्तिको छानबिनका लागि कानून बनेको १ वर्ष भइसकेको अवस्थामा के कस्ता कार्य प्रगति भए भनेर जानकारी दिन माग गरे ।
सांसद तुलसाकुमारी दाहालले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएको विषय उठाए । महिलाप्रतिको विभेद र हिंसाका घटनामा कमी ल्याउन सम्बन्धित निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए ।
सांसद मायाप्रसाद शर्माले गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न चर्को शुल्क तोकिएको गुनासो गरे । नेपाली अक्षरको गाडी नम्बर प्लेट राख्न आवश्यक रहेको उनको भनाइ थियो ।
सांसद शारदादेवी भट्टले वर्षायामसँगै डेङ्गी, मलेरिया, हैजालगायतका महामारीको जोखिम बढेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद सुमित्रा बिसीले नेपालको भूमि लिपुलेक नाकाबाट भारत र चीनले व्यापारिक नाका खोल्ने गरी सहमति गरेका विषयमा सरकारले यस विषयलाई कूटनीतिक ढङ्गले समाधान गर्नुपर्ने धारणा रनखे ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया