०२ मंसिर २०८३
८४ अघि नै स्थानीय तहबाट पनि कांग्रेस एमाले र नेकपा बढार्न कस्सीयो रास्वपा, ७५३ मध्ये ४०० मा जित हात पार्ने दाबी, चैत ५ मा चुनाव हुने
काठमाडौंं- पुराना दललाई चाउरिएको मरिचको हालतमा पुर्याएको, प्रतिनिधि सभाको निर्वाचनमा झन्डै २ तिहाइ हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ८४ नलाग्दै स्थानीय तह समेत कब्जा गर्ने रणनीति बनाएको छ ।
हालका स्थानीय जनप्रतिनिधिको जेठ ५ गते कार्यकाल सम्हालेको ५ वर्ष पुग्नेछ । तर, त्यो भन्दा २ महिना अघि नै स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी अघि बढाएको छ । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणपछि स्थानीय तह निर्वाचनको मिति तोक्ने गरी रास्वपाको सरकारले गृहकार्य गरेको छ । स्थानीय निर्वाचनको सम्भावित डेटलाइन आगामी चैत ५ गते हुनसक्ने भन्दै आयोगले छलफल थालेको छ ।
राजनीतिक रङ्ग फेरिँदै गर्दा मुलुकको भूराजनीतिक र आन्तरिक समीकरणमा भूकम्प ल्याएको गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन अझै पनि ताजै छ। त्यही निर्वाचनबाट अभूतपूर्व जनमत बटुलेको रास्वपाले आफ्नो त्यो राजनीतिक ताप र लोकप्रियता नसेलाउदै स्थानीय तहबाट समेत पुराना दलहरूको जरा उखेल्ने रणनीति बुनेको छ। जति छिटो स्थानीय तहको निर्वाचन हुन्छ, त्यति नै बढी लाभ आफ्नो पक्षमा पर्ने रास्वपाको निष्कर्ष छ।
देशभरका ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कुल ७५३ स्थानीय तहमध्ये कम्तीमा ४०० स्थानमा आफ्ना उम्मेदवार जिताउने आन्तरिक खाका रास्वपाले तयार पारेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा जस्ता दशकौँदेखि जरा गाडेका पुराना दलहरूलाई आफ्ना भत्किएका संगठन जोड्ने, जनआक्रोश मत्थर पार्ने वा पुनर्उत्थान हुने मौका नै नदिने रास्वपाको रणनीति छ।
स्थानीय तहको निर्वाचनको मिति भने प्रधानमन्त्री बालेन शाह आफ्नो २ दिने भारत भ्रमण सकेर फर्किनासाथ निर्वाचन आयोगसँगको औपचारिक परामर्श गरेर घोषणा गर्ने सरकारको तयारी छ । मिति घोषणा हुन बाँकी भए पनि चैत ५ गतेको डेटलाइनलाई आधार मानेर निर्वाचन आयोगले आफ्नो आन्तरिक र व्यवस्थापकीय संयन्त्रलाई पूर्ण रूपमा चलायमान बनाइसकेको छ।
२०७९ साल वैशाख ३० मा निर्वाचित भई जेठ ५ गते पदभार ग्रहण गरेका स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ ९१० ले कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि नै निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यकारी कानुन बनाएको छ। सोही ऐनलाई आधार मान्दै आयोगले चैत ५ गते को डेटलाइन प्रस्ताव गर्ने तयारी गरेको छ । चैत ५ मा चुनाव गर्न मंसिर पहिलो साताभित्रै मिति घोषणा हुनुपर्ने भएकाले आयोगले आगामी मंसिर ४ गते बिहान ११ः३० बजे संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त ६ दल— रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपालाई विशेष छलफलका लागि निम्तो पठाइसकेको छ। आयोगले मतदाता नामावली अद्यावधिकको काम अन्तिम चरणमा पुर्याएको छ ।
अबको एक साता भित्रमा स्थानीय निर्वाचनको औपचारिक रुपमा मिति घोषणा हुनेछ । दलहरु भने मिति घोषणा अघि नै चुनावी रणनीति बनाउन र जनताको घर दैलोमा पुग्न थालिसकेका छन् । रास्वपा सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापा छठको बाहानामा मधेश पुगेर कार्यकर्ता र जनतासँग भेटमात्रै गरेका छैनन् । आफ्नो पक्षमा माहोल बनाउने कोसिस पनि गरेका छन् ।
नेकपा एमाले पनि राष्ट्रिय कार्यकर्ता भेला डाकेर चुनाव केन्द्रित रणनीति बनाउन थालेको छ । अरु दलभन्दा एक कदम अघि बढेर रास्वपाले त उम्मेदवार छनोट प्रक्रिया नै अघि बढाएको छ । पुराना दललाई बडार्न कस्सीएको रास्वपा र रक्षात्मक बनेका कांग्रेस एमाले र नेकपा बीचको यो भिडन्तमा जनताले कसलाई पत्याउलान रु तपाई पनि आफ्नो मत जाहेर गर्नुहोस् ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया