२८ वैशाख २०८३
काठमाडौं - सेटिङ मिलाएर सरकारी ठेक्का हत्याउने, पाएको काम पनि अलपत्र बनाउने एक एक ठेकेदारलाई सरकारले कारबाही गर्ने भएको छ । धमाधम कामचोर ठेकेदारलाई पक्राउ गर्दै प्रहरी हिरासतमा कोच्न सुरु गरेको छ ।
सरकारी ठेक्का अलपत्र पारेको आरोपमा शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। सहरी विकास मन्त्रालयको अनुरोधमा उनलाई पक्राउ गरी मन्त्रालयमा पठाइएको प्रहरीले जनाएको छ । पटक पटक ताकेता गर्दा पनि शर्माको कम्पनीले सरकारी ठेक्काको काम नसकेपछि पक्राउ गरेर कारबाही थालिएको मन्त्रालयले जनाएको छ।
उनीसँग सरकारी ठेक्का अलपत्र पार्ने दर्जन बढि ठेकेदारमाथि प्रहरीले निगरानी बढाएको छ । जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवा, जिप छिरिङ लामाको लामा कन्स्ट्रक्सन शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले थुप्रै सरकारी आयोजना अलपत्र पारेको आरोप लाग्दै आएको छ । यीमाथि पनि एक्सन लिने सरकारको तयारी छ ।
पूर्व मन्त्री समेत रहेका राप्रपाका नेता तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध त मुद्दा नै चल्ने भएको छ। विद्युतीय बोलपत्रको सफ्टवेयर ह्याक गरेर ठेक्का हत्याएको आरोपमा वैशाख ११ गते पक्राउ परेका पाण्डेसहित २२ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने भएको छ।
अहिलेसम्म यहि प्रकरणमा १ दर्जन ठेकेदारहरु पक्राउ परिसकेका छन् । सोली थुम्का निर्माण सेवाका सञ्चालक सञ्जय भट्ट, कटुवाल कन्स्ट्रक्सन र शिवओम सप्लायर्सका सञ्चालक सागर कटुवाल, गीतान्जली कन्स्ट्रक्सन दुहबीका सञ्चालक जीवनकुमार दास, शिभांश निर्माण सेवाका सञ्चालक अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ, चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहोरा, आइकन प्रालिका सञ्चालक स्वदेश पोखरेल, कल्पवृक्ष बिल्डर्सका सञ्चालक प्रकाश ढुंगाना, आशीष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौलीविरुद्ध पनि मुद्दा दायर भएको छ। उनीहरू सबै पक्राउ परेका छन्।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया