०१ मंसिर २०८३
एउटा क्यानले चम्कियो प्रदीप लामाको भाग्य, म्याक्स टाइगरबाट जिते प्रोटोन कार
काठमाडौं - एउटा क्यानबाटै भाग्य चम्किएला भन्ने कल्पना नगरेका नुवाकोटको ककनीका प्रदीप लामाले म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । म्याक्स टाइगरको यस अभियानले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको छ । लामाले एउटा क्यानमार्फत नै कार जितेपछि उनको परिवारमा खुसी छाएको छ ।
कार जितेपछि लामाले यो आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको बताएका छन् । एउटा क्यानबाट यति ठूलो पुरस्कार जित्न सकिन्छ भन्ने कल्पनासमेत नगरेको भन्दै उनले सुरुमा कार जितेको खबर पत्याउनै नसकेको प्रतिक्रिया दिएका छन् । यो पुरस्कार आफ्नो मात्र नभई परिवारकै लागि खुसीको क्षण भएको उल्लेख गर्दै उनले म्याक्स टाइगरलाई धन्यवाद दिएका छन् ।
म्याक्स टाइगरको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् । जसमा १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरेका छन् । विभिन्न स्थानका उपभोक्तालाई समेट्दै सञ्चालन भइरहेको यस अभियानले देशभरका उपभोक्तामाझ उत्साह थपेको कम्पनीले जनाएको छ ।
मोटरसाइकल जित्ने भाग्यशाली उपभोक्ताहरूमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा, लहानका रुपेश महतो, बुटवलका रिधम गुरुब, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी रहेका छन् । त्यस्तै, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् ।
त्यसैगरी, स्कुटर जित्नेहरूमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन् । सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन् ।
कम्पनीले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखेको थियो । तीमध्ये हालसम्म २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् भने अझै ८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ ।
उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ । अझै पनि मोटरसाइकल तथा स्कुटर जित्ने अवसर बाँकी रहेकाले म्याक्स टाइगरले उपभोक्तालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया