०५ साउन २०८२
काठमाण्डौ – बाढीपहिरोका कारण विभिन्न छ ठाउँका सडक अवरुद्ध भएका छन् । कोशी र मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका ५ र हिलिहाङ गाउँपालिका ७ को हेवाखोलामा बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ । पाँचथरकै तुम्वेवा गाउँपालिका २ मा पनि बाढीका कारण तमोर कोरिडोर अवरुद्ध भएको छ ।
कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका ३ तरङखोलामा बाढीका कारण सडक बन्द छ । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ र २ मा पहिरोले गर्दा शहीद राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी कोरिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौको टोखा नगरपालिका २ मा काठमाण्डौ–नुवाकोट सडकखण्ड एकतर्फी सञ्चालनमा छ । बागलुङको गलकोट नगरपालिका ११ काउसेमा मध्यपहाडी लोकमार्ग र बागलुङकै बागलुङ नगरपालिका १० दब्ल्याङमा कालिगण्डकी कोरिडोर एकतर्फी सञ्चालनमा छ । रोल्पाको परिवर्तन गाउँपालिका ५ ग्रामजिममा र भुर्तिबाङमा शहीद राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया