०६ भदौ २०८२
काठमाण्डौ – डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालका अनुसार अहिलेसम्म ३ हजार २ सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
पछिल्लो १ हप्तामा २ सय ११ जना डेङ्गीबाट सङ्क्रमित भएका छन् । त्यसैगरी डेङ्गीको सङ्क्रमणबाट २ जनाको ज्यान गएको छ ।
कोशी प्रदेशमा ५६८, मधेश प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेङ्गी सङ्क्रमण देखिएको डा। दाहालले जानकारी दिनुभयो । पानी पर्ने क्रम निरन्तर रहेकाले आवश्यक सतर्कता अपनाउन उनको आग्रह छ ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेङ्गी रोग लाग्छ ।
डेङ्गी रोकथामका लागि सरकारले हरेक शुक्रवार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरिरहेको छ । सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाले ज्यान गुमाएका थिए । त्यस बेला झन्डै ४२ हजार सङ्क्रमित भएका थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया