०४ मंसिर २०८३
काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएको जनाएको छ।
क्यानले शुक्रबार जारी गरेको सूचनामा टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिदको प्रयास गरेको उल्लेख गरेको छ। मैदानको क्षमताअनुसार टिकट सीमित रहेकाले बिक्री सुरु भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानको भनाइ छ।
शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएको थियो। केही प्रयोगकर्ताले बिक्री खुल्ने समय देखिए पनि प्रयास गर्दा टिकट काट्न नसकेको गुनासो गरेका थिए। सामाजिक सञ्जालमा टिकट बिक्री प्रक्रियालाई लिएर असन्तुष्टि व्यक्त भएको थियो।
यस्तै त्रिवि क्रिकेट मैदानको गेटबाहिर पुगेर टिकट नपाएका दर्शकहरूले विरोध गरेका थिए । यसबारेमा इसेवासँग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकिरहेको छैन।
क्यानले टिकट खरिद गर्न नसकेका दर्शकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत एनपीएल हेरेर सहयोग गर्न आग्रह गरेको छ। टिकट बिक्रीका क्रममा दर्शकलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै क्यानले नेपाली क्रिकेट र एनपीएलप्रति देखाएको साथ र उत्साहका लागि धन्यवाद दिएको छ।
एनपीएलको तेस्रो संस्करणको फाइनल शनिबार मङ्सिर ५ गते लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया