०९ वैशाख २०८३
काठमाडौं -तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि उनी पनि विवादमा तानिएका थिए । त्यसपछि उनले आफूमाथि पनि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिएका हुन् ।
अहिलेको सरकार बनेको २६ दिनमा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका हुन् । उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
केही दिनअघि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा लगरेको अर्को लागनीको विवरण पनि बाहिर आयो ।
उनले सञ्चालन गरेको सामाजिक संस्था हामी नेपालमा आएको सहयोग रकम पनि व्यक्तिगत खाता मार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङलाई पदबाट बाहिरिनका लागि सर्वत्र दबाब परेको थियो । त्यही दबाबमा बीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।
सम्पत्ति शुद्धीकरण मुद्दा : दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन म्याद थप
सुदनलाई सिध्याउन ब्यापारीले बनाएका थिए जालो , पक्राउबाट जोगिन शेखरहरुको यस्तो थियो षड्यन्त्र
विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद
गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेनले सम्हाल्ने
सरकारले सुनेन भने आवाज कसरी ठूलो बनाउने हामीलाई थाहा छ : गगन थापा
गृहमन्त्री बनेको २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
प्रतिक्रिया