२० पुस २०८२
काठमाडौं - निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्द सूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ ।
आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो ।
रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट््याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले जानकारी दिए ।
‘१६ गतेदखि २० गतेसम्म दलहरूको दर्ता भएको समानुपातिकतर्फको बन्दसूचिमा रहेको डकुमेन्टहरू रुजु गर्यौं । रुजु गर्दा देखिएका कैफियतहरू हामी सबै कोट गरेर सम्बन्धित दलहरूलाई आज साँझसम्म पत्र पठाउँछौं,’ उनले भने ।
कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटि छुट्याएर दलहरूलाई सच्याउन पठाइने पनि उनले बताए ।
उनका अनुसार २१ गतेदेखि २७ गतेसम्म दलहरूले त्रुटि सच्याएर पुनस् बन्दसूची पेश गर्न पाउनेछन् । अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिनसक्ने उनले बताए ।
‘डकुमेन्ट नपुगेका, उमेर नपुगेका लगायत सबै छुट्याएर हामी पठाउँछौ । त्यसको आधारमा भोलि २१ गतेदेखि २७ गतेसम्म दलहरूले ती कुरा सच्याएर ल्याउनुहुन्छ । र हामीले दलको तर्फबाट आएको बन्दसूचीलाई २७ गते फाइनल गर्छौं,’ उनले भने ।
समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उनले बताए ।
दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने उनले जानकारी दिए ।
‘सम्बन्धित उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पाउनुहुन्छ । समानुपातिकमा बस्न चाहन्न भन्नेले २८ गते उम्मेवारी फिर्ता दिन पाउनछन्, हामीले त्यो पनि सम्बन्धित दललाई जानकारी दिन्छौं,’ उनले भने, ‘दलको विवरण आइसकेपछि दलले खाली ठाउँमा नयाँ मान्छे सिफारिस गरेपछि दलको तर्फबाट अन्तिम बन्दसूची तयार पारेपछि हामीले त्यसलाई सार्वजानिक गर्छौं ।’
फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची पेश गरेका थिए ।
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी
गर्मीले तराई मधेशको जनजीवन प्रभावित
हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक
बालेन सरकारलाई अमेरिकी घेराबन्दी १ दुई महिनामै ५ पटक भ्रमण
भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने– त्यस्तो आशंका मनमा नलिनु होला
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा तरुण दलको प्रदर्शन
बालेन सीमा बारे बोले लगत्तै सुस्ता पस्यो भारतीय एसएसबी,नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
हानाहान गर्दै पारित गरेको संसद नियमावलीमा के छ रु सांसदलाई विशेष अधिकार, अब कानुनले नछुने
प्रतिक्रिया