२४ पुस २०८२
काडमाडौं - भेनेजुएलाका गृहमन्त्री डियोसडाडो काबेयोले अमेरिकी आक्रमणका क्रममा १ सय जनाको ज्यान गएको दाबी गर्नुभएको छ । राजधानी काराकसमा गएराति राज्य टेलिभिजनमार्फत बोल्दै गृहमन्त्री काबेयोले गएको शनिवार भएको अमेरिकी सैन्य कारबाहीमा ठूलो मानवीय क्षति भएको बताउनुभएको रोयर्टसले जनाएको छ ।
आक्रमणपछि राष्ट्रपति निकोला मदुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको थियो । यसअघि भेनेजुएला सरकारले ज्यान गुमाउनेको आधिकारिक संख्या सार्वजनिक गरेको थिएन । यद्यपि सेनाले आफ्ना २३ जना सैनिकको ज्यान गएको नामावली भने सार्वजनिक गरेको थियो । भेनेजुएलाली अधिकारीहरूका अनुसार राष्ट्रपति मदुरोको सुरक्षा टोलीका धेरै सदस्यहरू आक्रमणमा मारिएका हुन् ।
यसैबीच, क्यूबाले पनि भेनेजुएलामा कार्यरत आफ्ना सैन्य तथा गुप्तचर सेवाका सदस्यहरू मारिएको जनाएको छ । गृहमन्त्री काबेयोका अनुसार, आक्रमणका क्रममा पक्राउ परेकी राष्ट्रपति मदुरोकी पत्नी सिलिया फ्लोरेसको टाउकोमा चोट लागेको छ भने मदुरोको खुट्टामा चोट लागेको छ ।
घटनापछि भेनेजुएला सरकारले आक्रमणमा मारिएका सैनिकहरूको सम्झनामा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ । अमेरिकी आक्रमणपछि भेनेजुएलामा राजनीतिक अस्थिरता बढ्दै गएको छ भने अन्तर्राष्ट्रिय स्तरमा पनि यस घटनाले चासो र विवाद सिर्जना गरेको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया