०६ माघ २०८२
काठमाडौं- पुस्तान्तरण र रुपान्तरणको आवाज उठाउँदै पार्टीमा जबरजस्त हाबी भएका सभापति गगन थापाले दागी र भ्रष्टाचार आरोपीहरुलाई चुनावी रिङबाटै आउट गरेका छन् । निवर्तमान सभापति शेरबहादुर देउवाले करिब पक्का पक्की गरेका दागीहरुको टिकट खोसेर गगनले उनीहरुलाई चुनावी प्रतिस्पर्धामा आउनै रोकेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको आरोपमा पक्राउ परि जेल पुगेका नेता बालकृष्ण खाड र टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचारमा सामेल भएको आरोपमा मुद्दा खेपिरहेका मोहन बस्नेतको टिकट खोसिएको छ । गृहमन्त्रीको कुर्सीमा बसेर राज्य शक्तिकै दुरुपयोग गर्दै शरणार्थी प्रकरण मच्चाएका खाड झन्डै एक वर्ष जेल बसेर छुटेका नेता हुन् । जुन मुद्दा अझै टुंगिएको छैन् । अदालतमा विचाराधिन रहदै उनी रुपन्देही ३ बाट चुनाव लड्न चाहिरहेका थिए । उनको नाम समेत सिफारिस भएर आएको थियो । तर, सभापति गगन थापाको टिमले उनको नाम काटेर उनको ठाउँमा सुशील गुरुङलाई उठाएको छ । उनी २०७९ को चुनावमा पनि यहि क्षेत्रबाट चुनाव लडेर हारेका थिए ।
यस्तै दुरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिमा घोटाला गरेको आरोपमा कांग्रेस नेता मोहन बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधिन छ । सञ्चारमन्त्री हुँदा बद्नियतपूर्ण ढंगले उनीसहित १६ जनाको सेटिङमा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । सोही बराबरको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता भएको छ । भ्रष्टाचार गरेको आरोप खेपिरहेका नेता बस्नेत सिन्धुपाल्चोक १ बाट चुनाव लड्न चाहान्थे । उनको नाम सिफारिस समेत भएर समेत आएको थियो । तर, उनको नाम काट्दै सभापति थापाले जंगबहादुर लामालाई उम्मेदवार बनाएका छन् । कांग्रेसमा रुपान्तरणको अभियान चलाइएका सभापति थापाले दागी नेताहरुलाई छानि छानि पाखा लगाएका छन् ।
विकास, सुशासन र जनउत्तरदायी नेतृत्वप्रति प्रतिबद्ध छुः मणिराम फुयाल
बालेन झापा–५ मा घरदैलो अभियानमा
चिनियाँ ठेकेदारको ८० करोडको मुद्दा सर्वोच्चको संयुक्त इजलासमा
धनकुटामा मतदाता शिक्षा सुरु, विगतमा यस्तो थियो मत बदरको अवस्था
मतपत्र छपाइ अन्तिम चरणमा
चुनावलाई चीनको साढे ५८ करोड
टुँडिखेलमा अमेरिकी सेना
भद्रपुर विमानस्थलमा ओली : चुनाव भयो भने हामी भाग लिन्छौँ
जुम्लामा एम्बुलेन्सको भाडा बढेपछि विरोध
पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा
प्रतिक्रिया