१० पुस २०८२
काठमाडौँ - सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ढाल्न १० दिनको अल्टिमेटम दिएको नेकपा माओवादीको केन्द्रीय समितिको विशेष बैठक बुद्धनगरमा बसेको छ । माओवादीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापन पत्र बुझाउँदै वर्तमान सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको थियो ।
आजको बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा, राष्ट्रियता लगायत विषयमा समीक्षा हुने महासचिव नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ ।‘जेनजी विद्रोहपछि विशेष राजनीतिलाई ध्यानमा राखेर केन्द्रीय समितिको विशेष बैठक बोलाएको हो । एजेन्डाबारे अहिले नै सार्वजनिक गर्न मिल्दैन’, विप्लवका सचिवालयका नारायण चन्दले भने ।
साथै कार्की सरकार विघटन नभए सडक सङ्घर्षको कार्यक्रम ल्याउने तयारी अनुसार बैठक बसेको सचिवालयको भनाइ छ । जेनजी विद्रोहपछि तत्कालीन नेकपाको असोज २५ देखि ३० गतेसम्म केन्द्रीय कार्यालय कपिलवस्तुमा केन्द्रीय समितिको विशेष बैठक बसेको थियो । निर्वाचनमा सहभागी हुने निर्णय गरेको माओवादीले उम्मेदवार छनोट, चुनावी रणनीति लगायत विषयमा छलफल हुने बुझिएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया