३० कात्तिक २०८३
काठमाडौं- नेतादेखि न्यायाधीशसम्मसँग साँठगाँठ गरेका, ढेड महिनादेखि प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटा र प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहाकार कुमार बेनबीचको संवाद बाहिरिएको छ ।
इनम पक्राउ पर्नु भन्दा एक साता अघि बेनले बिचौलिया इनमलाई मलाई चिन्छौ रु प्रधानमन्त्री बालेनलाई नी भनेर म्यासेज पठाएको काठमाडौं पार्टीले सार्वजनिक गरेको छ । व्यापारी दीपक भट्टलाई छुटाउन सापकोटाले सबै ‘डिजाइन’ मिलाइसकेको सूचना पाएपछि बेनले उनलाई सम्पर्क गरेको अनुसन्धानबाट खुलेको छ । इनमले बेन र प्रधानमन्त्री बालेन शाहको नाम लिदै सर्वोच्च अदालतका न्यायाधीशहरुलाई दबाब र प्रभावमा पारेको सूचना पाएपछि बेनले उनलाई ह्वाट्स एपमा म्यासेज पठाएका थिए ।
प्रहरी अनुसन्धानअनुसार सर्वोच्च अदालतबाट दीपक भट्टलाई रिहा गराउन विचौलिया इनमले पूर्वप्रधानन्यायाधीश, सत्तारुढ दलका केही नेता तथा बहालवाला न्यायाधीशसँग ‘सेटिङ’ मिलाएका थिए । यो सूचना न्यूयोर्कमा रहेका बेनसम्म पुगेपछि उनले महान्यायाधिवक्तालाई समेत फोन गरेको खुलेको छ। त्यसपछि बेनले न्यूयोर्कमै रहेका बेला इनमलाई आफू र प्रधानमन्त्रीलाई चिनेको हो भन्दै एसएमएस पठाएका थिए।
जवाफमा इनमले आफूले बेनलाई नचिनेको र आफू उमेश श्रेष्ठको विद्यार्थी भएको बताएका छन् । इनम अक्टोबर २ मा पक्राउ परेका थिए। तर, प्रहरी अनुसन्धानमा बेनले उनलाई सेप्टेम्बर २४ मै एसएमएस पठाएको देखिएको छ। उक्त सन्देश पठाउनुअघि उनीहरूबीच कुनै सम्पर्क नभएको पनि अनुसन्धानबाट खुलेको स्रोतको दाबी छ। उनीहरुबीच यहि एकपटक मात्रै कुरा भएको र बाँकी अरु कुनै पनि संवाद नभएको पाइएको छ । यद्यपी यस विषयमा पनि थप अनुसन्धान भइरहेको छ ।
यहिबीचमा विभिन्न सञ्चारमाध्यममा इनमको मोबाइल बेनले २ दिनसम्म घरमा राखेको समाचार प्रकाशित भएका छन्। हाल उनको मोवाइल प्रहरीको विधिविज्ञान प्रयोगशालामा रहेको स्रोतले बताएको छ । इनमले को कोसँग आर्थिक कारोबारको विषयमा के के भनेर कुरा गरेका थिए रु कुन कुन प्रकरणमा उनले सेटिङको काम गरेका थिए भन्ने विषयमा प्रहरीले विस्तृतमा अनुसन्धान गरिरहेको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया