०६ मंसिर २०८३
काठमाडौं- समय र राजनीतिले मानिसको जीवनरेखा कति नाटकीय ढंगले बदलिदिन्छ । त्यसको जीवन्त उदाहरण बनेका छन्— प्रधानमन्त्री बालेन शाह । ठ्याक्कै एक दशकअघिको कुरा हो। जतिबेला भारतमा नरेन्द्र मोदी आफ्नो प्रधानमन्त्रीत्वको पहिलो कार्यकाल चलाइरहेका थिए । त्यतिबेला नेपालमा महाभूकम्प र नाकाबन्दीको पीडाबीच एक नेपाली युवा स्नातकोत्तर अध्ययनका लागि भारतको बैंग्लुर हानिएका थिए। कहिले बस त कहिले स्कुटर चढेर कलेज धाउने, स्थानीय कन्नड भाषा सिक्ने र इडली–डोसा खाँदै बैंग्लुरका गल्लीहरूमा भविष्यको सपना बुन्ने तिनै विद्यार्थी बालेन शाह आज समयको चक्र घुमेर, नरेन्द्र मोदीकै समकक्षी बनेर नयाँ दिल्लीको हैदराबाद हाउसमा राजकीय भेटवार्ता गर्दैछन् ?
२०७२ सालको हिउँदे याम– गोरखा महाभूकम्पपछिको पीडा, नयाँ संविधान जारी भएको केही महिना र भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा इन्धनदेखि दैनिक उपभोग्य वस्तुसम्मको चरम अभाव थियो। भारतप्रति नेपाली जनमानसमा आक्रोश बढिरहेको थियो । यहिबेला सिभिल इन्जिनियरिङमा स्नातक गरेका बालेन शाह एमटेक अध्ययनका लागि भारत हानिए । कर्नाटकको बेलगावीमा बस्ने दिदी सुजाता शाह र भिनाजुको सल्लाह र साथले बालेनलाई बैंग्लुरको निट्टे मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजी एनएमआईटीमा भर्ना भए।
सन् २०१६ मा नेपाली साथीहरू सुनिल लम्साल र प्रवीण श्रेष्ठसँगै भर्ना भएर छात्रावासमा बसेका बालेनको जीवन किताबमा मात्र सीमित थिएन। भिनाजु हरिशका अनुसार बालेन कहिले बस त कहिले स्कुटरमा कलेज जान्थे, इडली र डोसा मन पराउँथे, र बाटो सोध्ने स्थानीयलाई कन्नड भाषामा जवाफ फर्काउन सक्ने भइसकेका थिए। उनी साथीहरूसँग समाज, शासन व्यवस्था र भविष्यबारे बहस गर्थे। भूकम्प इन्जिनियरिङमा रुचि राख्ने बालेनमा त्यतिबेलै प्रस्ट नेतृत्व क्षमता झल्किन्थ्यो।
एमटेक सकेर नेपाल फर्किएका बालेनले २०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयर जितेर राष्ट्रिय राजनीतिमा तरंग ल्याइ दिए । मेयर रहँदा भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएपछि बालेनले २०८० जेठ २५ गते आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेर देश–विदेशमा ठूलै चर्चा र बहस सिर्जना गरेका थिए ।
त्यसको दुई वर्षपछि २०८२ भदौमा भएको जेनजी आन्दोलनले नेपालको राजनीतिमा ठूलो उलटपुलट ल्यायो। केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन भयो। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग सहकार्य गरेर चुनावमा होमिएका बालेनले झापा–५ मा पूर्वप्रधानमन्त्री ओलीलाई नै पराजित गर्दै नयाँ पुस्ताको आइकनका रूपमा आफूलाई स्थापित गरे । रास्वपाले झण्डै दुईतिहाइ बहुमत ल्याएपछि गत चैत १३ गते बालेन नेपालको प्रधानमन्त्री बने ।
बालेन प्रधानमन्त्री बनेलगत्तै भारतले भ्रमणको चाहना राखे पनि सुरुमा उनले हतार गरेनन् । पछि रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण, आन्तरिक राजनीतिक संवाद र गत कात्तिकमा भारतीय विदेश सचिव विक्रम मिस्रीले काठमाडौँ आएर प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गरेपछि यो राजकीय भ्रमण तय भएको हो।
अब ऊर्जा, व्यापार, पूर्वाधार र हवाई प्रवेशमार्ग जस्ता महत्वपूर्ण एजेन्डा बोकेर बालेन शाह हैदराबाद हाउसमा मोदीसँग आमनेसामने बस्दैछन् । सन् २०१६ मा बैंग्लुरका गल्लीमा स्कुटर चढेर कलेज धाउने एक इन्जिनियरिङ विद्यार्थी आज सन् २०२६ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको समकक्षी बनेर हैदराबाद हाउसमा राजकीय आतिथ्य पाउँदै छन्– यो आफैँमा इतिहासको एक दुर्लभ संयोग हो।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया