१८ असार २०८३
काठमाडौं- गृह मन्त्रालयमा दोस्रोपटक कार्यभार सम्हाल्दा गत २६ जेठमा गृहमन्त्री सुधन गुरुङले गरेका चार निर्णयमध्ये एक थियो– दरबार हत्याकाण्डको अनुसन्धान गर्ने । निर्णयको तीन साता बितिसक्दा पनि त्यसको प्रक्रिया भने अघि बढ्न सकेको छैन ।
दरबार हत्याकाण्डको छानबिनका लागि कुनै स्वतन्त्र समिति वा आयोग बनाउने कि प्रहरीबाटै अनुसन्धान गर्ने भन्ने विषयमा गृह नेतृत्व अझै निष्कर्षमा पुग्न सकेको छैन । यस विषयमा विभिन्न विकल्पमा छलफल भइरहेको गृह मन्त्रालयका अधिकारी बताउँछन् । समिति बनाउँदा मन्त्रिपरिषद्बाटै निर्णय गराउने विषयमा पनि छलफल भइरहेको छ ।
घटनाको मुचुल्का तथा मृतकको पोस्टमार्टम नभएकाले अहिले कसरी अनुसन्धान गर्ने भन्नेमा सुरक्षा अधिकारी पनि अन्योलमा छन् । त्यतिवेलाका धेरै प्रमाण नष्ट भइसकेका छन् । अर्कोतर्फ कानुनी जटिलतासमेत छ । मुलुकी अपराध संहिताअनुसार अभियुक्त नखुलेको ज्यानसम्बन्धी कसुर मुद्दाको हदम्याद २० वर्षको हुन्छ । दरबार हत्याकाण्ड भएको २५ वर्ष नाघिसकेको छ । अहिले फेरि प्रहरीबाट ज्यान मुद्दामै अनुसन्धान गर्न कठिन हुने प्रहरी अधिकारी बताउँछन् ।
१९ जेठ ०५८ मा नारायणहिटी दरबारमा भएको गोली प्रहारबाट तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यासहित १० जनाको मृत्यु भएको थियो । यस विषयमा तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय नेतृत्वको उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रलाई जिम्मेवार ठहर्याएको थियो । गृहले हाल पुराना प्रतिवेदनको अध्ययन गरी नयाँ छानबिन गर्न लागेको हो । तर, कसरी छानबिन गर्ने भन्नेमा निर्णय भइनसकेको गृहले जनाएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया