०५ भदौ २०८२
काठमाडौं – काठमाडौंको माइतीघर मण्डलामा प्याब्सन, एनप्याब्सन, हिसान र अपेनलगायत निजी विद्यालय सङ्गठनहरूले विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेका छन् । विधेयक अन्तिम रूप दिने तयारी भइरहँदा उनीहरूले ५ बुँदे मागसहित प्रदर्शन गरेका हुन् ।
‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरे । मुख्य मागमा कम्पनी ऐनअन्तर्गत दर्ता विद्यालयलाई गैरनाफामूलक बनाउने व्यवस्था हटाउन, पूर्ण छात्रवृत्तिमा पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउने बाध्यता हटाउन, र छात्रवृत्तिको अधिकार स्थानीय तहबाट विद्यालयलाई नै दिनुपर्ने समावेश छन् ।
माग सम्बोधन नभए ८ भदौदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकका विवादित विषय टुङ्ग्याउने प्रयास भइरहेको छ ।
समितिले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र १०९१५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने सहमति गरेको छ। शिक्षामन्त्री रघुजी पन्तले २।५ प्रतिशत विद्यार्थीलाई आवास सुविधा दिनुपर्ने प्रस्ताव गरेका छन्, जबकि केही सांसदले १०५ लाई सुविधा दिनुपर्ने अडान राखेका छन्। समितिले निश्चित समय नतोकी गैरनाफामूलक बनाउने सहमति जुटाएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया