१० भदौ २०८२
काठमाडौं – संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपानेले राजीनामा दिने भएकी छन्। आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय भएसँगै उनले राजीनामा दिन लागेकी हुन्।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले दुबै समितिमा एउटै व्यक्ति सभापति बस्न नमिल्ने भएकाले उनले राजीनामा दिने जानकारी दिए।
‘कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा माननीय इश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ।’ संसदीय सुनुवाई समितिकी सभापतिमा के गर्नुहुन्छ भन्ने प्रश्नमा घिमिरेले थपे, ‘दुवै पदमा एउटै व्यक्ति बस्न मिल्दैन। उहाँले राज्य व्यवस्था समितिको सभापति पदमा उम्मेदवारी दिनुहुन्छ। हामी छलफल गरेर बाँकी विषय टुंगिन्छ।’
यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादित बनेका थिए। त्यसपश्चात गठित समितिले खतिवडालाई नैतिक जिम्मेवार बनाएपश्चात प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सभापति पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। दलीय भागबण्डामा कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति लिएपछि खतिवडा सभापति बनेका थिए। कांग्रेस र एमालेको सहमति रहेकाले यो पदमा अन्य दलको दाबी छैन।
सोमबार संसद सचिवालयका सचिव हर्कराज राईले जारी गरेको कार्यतालिकामा सभापतिको मनोनयन दिउँसो १ बजेदेखि ४ बजेसम्म दर्ता गर्न सकिने उल्लेख छ। सभापति मनोनयनका लागि समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्नुपर्ने छ। कार्यतालिकामा सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका छ ।
संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले बुधबार निर्वाचन हुन लागेको हो।
आफ्नै सरकारविरुद्ध रविको विद्रोह १ सत्ता उन्मादन नदेखाउन बालेनलाई दिए चेतावनी, आक्रोश पोख्दै भने– हाम्रो भूइँमा खुट्टा छैन, मान्छेलाई मान्छे गनेका छैनौँ
डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजित
कोप–३१ मा सहभागी हुन टर्किए जाँदै परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली
रास्वपामा अवसरवादीको ओइरो ? वडाध्यक्ष बन्न भएनन् कोही तयार, दिक्क हुँदै रविले भने– अब वडाध्यक्ष मै लड्छु
ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्टको सनसनीपूर्ण बयान– श्रीमतीको शरिरलाई आराले काटेर टुक्रा टुक्रा पारेर फालिदिए ?
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो
सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न
आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
आइजीपी प्रकरणले बालेन–रविको सम्बन्धमा भुइँचालो, देश जोगाउने कि पार्टी जोगाउने भन्दै खनिए रविसँग खनिए बालेन
भोटेकोशी-त्रिशूली विपद् : पुनर्निर्माणका लागि ५ अर्ब डलर जुटाउने सरकारको तयारी
प्रतिक्रिया