२८ माघ २०८२
काठमाडौं - नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता(कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
कांग्रेस कञ्चनपुरले बुधबार विज्ञप्ति जारी गरेर पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै पनि किसिमका अभिव्यक्ति नदिन निर्देशन दिएको हो ।
‘पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचार–प्रसारजस्ता कार्यहरू नगर्न र कुनै किसिमका अभिव्यक्ति नदिन हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेस कञ्चनपुरले नेता–कार्यकर्ताहरूलाई उम्मेदवारको पछि नलागेर आ–आफ्नो वडामा केन्द्रित भएर सक्रिय हुन पनि अनुरोध गरेको छ । आवश्यकता परेर अन्यन्त्र वडा क्षेत्रमा जानु पर्ने भए पार्टीलाई जानकारी गरएर मात्रै जान पनि भनिएको छ ।
‘आ(आफ्नो टोल वडा छोडेर उम्मेदवारको पछि–पछि लाग्ने परम्पराले स्थानीयबासीसँग छलफल, विचार आदानप्रदान तथा सहजीकरण कार्यमा असहजता उत्पन्न हुन जाने भएकाले आ–आफ्नो वडामा केन्द्रित भै सक्रिय हुन समस्त पार्टीका साथीहरुलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकता परी अन्यन्त्र वडा क्षेत्रमा जानु पर्ने भएमा पार्टीको सम्बन्धित सचिवालयलाई जानकारी गरी मात्र जान हुन अनुरोध गरिन्छ ।’
विज्ञप्तिमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउनका लागि पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई आ–आफ्नो टोल, वडामा सकिय रूपमा परिचालन भएर पार्टीका पक्षमा जनमत सिर्जना गर्न पनि अनुरोध गरिएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया